२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मृत्यु संस्कारलाई समयसापेक्ष बनाउनुपर्छ

२७ बैशाख २०७६, शुक्रबार ०७:२६

बैशाख २७, परासी | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मृत्यु संस्कारलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताउनुभएको छ । 

मृत्यु संस्कारको बारेमा पछिल्लो समय बहस चलिरहेका बेला उहाँले बदलिँदो समयसँगै मृत्यु संस्कारलाई पनि रुपान्तरण गर्न नसकिए त्यसप्रतिको विश्वास गुम्ने विचार व्यक्त गर्नुभयो । 

तत्कालीन नेकपा एमाले स्कुल विभागका केन्द्रीय सदस्य बद्री खनालकी आमा कमलादेवी खनालको सातौँ दिनको पुण्य तिथिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बर्दघाट नगर कमिटीले आज बिहान आयोजना गरेको श्रद्धाञ्जलिसभामा मुख्यमन्त्री पोखरेलले भन्नुभयो–“पुरानो समयमा पीडा भूल्ने उपाय नहुँदा त्यसबेला एक किसिमको संस्कार निर्माण भएको थियो, त्यसलाई समय सापेक्ष रुपमा रुपान्तरण गर्दै जानुपर्छ, त्यसो गर्न नसकिए संस्कृतिप्रति नै विश्वास टुट्दै जाने र यसले समाज नै कमजोर हुन्छ ।”

उहाँले संस्कृति बलियो भएमा मात्र समाज बलियो हुने भन्दै समय अनुसारको संस्कार र संस्कृति भएमा संरक्षण पनि हुने र राष्ट्रलाई पनि सवल बनाउन सकिने बताउनुभयो । 

पर्दा पछाडि रहेर कमलादेवी जस्ता हजारौँ आमाले देश र पार्टीप्रति जिम्मेवार योद्धाहरुलाई प्रेरणा दिने काम गरेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । 

भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले कमलादेवी खनालको निधनले पार्टी र कम्युनिष्ट आन्दोलनलाई नै अतुलनीय क्षति पुगेको बताउनुभयो । सो अवसरमा परिवारका तर्फबाट स्व कमलादेवीका छोरा बद्री खनालले उहाँको योगदान र जीवनीबारे प्रकाश पार्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य