2026-10-15 02:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

एउटैले छ जिल्लाको काम भ्याउनुपर्ने बाध्यता

बैशाख २७, सुर्खेत | एक कर्मचारीले गर्ने कामको जिम्मेवारी, काम गर्नुपर्ने समय  उसको क्षेत्राधिकार तय गरिएको हुन्छ तर सुन्दा अनौठो लाग्न सक्छ की  यहाँका एक कर्मचारीले छ जिल्लाको काम एक्लैले भ्याउनुपर्ने बाध्यता छ । 

कार्यालय समयसम्म मात्र होइन साँझ बिहान अहोरात्र खटेरे थप पाँच जनाले छ जिल्लाको गर्नुपर्ने काम एक्लैले गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ,  सुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापा । जनशक्ति अभावका कारण छ जिल्लाको काम उहाँले जेनतेन एक्लैले हेर्दै आउनुभएको हो ।  काम विशेष कार्यालय बाहिर जानुपर्दा  जिम्मेवारी सम्हाल्ने अर्को कुनै कर्मचारी नहुँदा यहाँ निकै समस्या हुने गरेको छ । 

हुम्ला, डोल्पा, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सुर्खेत जिल्लाको काम आफू एक्लैले सम्हाल्नुपरेको उहाँले बताउनुभयो ।  निमित्त प्रमुृख थापाले वैशाखसम्म जाजरकोट, दैलेख र सुर्खेतको काम सम्पन्न गर्नुभएको छ भने अन्य जिल्लाको काम सम्पन्न गर्ने तयारीमा हुनुहुन्छ । कार्यालय प्रमुख नहुँदा निमित्त कार्यालय प्रमुखका रुपमा समेत काम गर्दै आउनुभएका खाद्य निरीक्षक थापाले गत साउनदेखि आफू एक्लैले छ जिल्लाको काम गर्नुपरेको गुनासो गर्नुभयो ।

मानव स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्ने निकायमा कर्मचारी नहँुदा नागरिकको खाद्य सुरक्षाको अधिकारमा समस्या आउन नदिन कर्णालीको भौगोलिक अवस्था, ठूलो कार्यक्षेत्र र जोखिमपूर्ण यात्रा गर्नुपर्दा पनि सहकर्मीविना एक्लैले काम गर्नुपरेकोले  निकै गाह्रो भएको उहाँको भनाइ थियो ।

“न सवारी साधन छ नत अन्य कुनै सेवा सुविधा”, रासससँग  कुरा गर्दै निमित्त कार्यालय प्रमुख थापाले भन्नुभयोे, “बजार अनुगमन तथा निरीक्षणका लागि जान पनि अन्य निकायको  सवारी साधन  माग्नुपर्छ । विभागमा सवारी साधनको माग गर्दा अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । विविध समस्याले कार्यालयले लिएको लक्ष्य पूरा गर्न कठिन हुने देखिन्छ ।”

उहाँले थप्नुभयो, “छ जनाको दरबन्दीमा कार्यालय सहयोगी र म मात्रै छु । स्टोर, लेखा, प्रशासन, अभिलेखलगायत सबै काम आफैले हेर्नुपर्छ । म बाहिरिँदा नागरिकले दिएको निवेदन÷उजुरी बुझ्ने र हेरेर जवाफ दिने मान्छेसमेत छैन । लेखापाल नहुँदा तलब खान त्यत्तिकै समस्या भएको छ ।” 

निमित्तप्रमुख थापाका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले चालू आवमा यो क्षेत्रका खुद्रा पसल, उद्योग, होटल तथा मिठाइ पसल निरीक्षण गर्दै आएको छ । अहिले निरीक्षण र गुणस्तर जाँच मात्र नभई कार्यालयले प्रवद्र्धनात्मक  कार्य पनि थालेको उहाँले बताउनुभयो । वडास्तरीय खाद्य स्वच्छता समूह गठन तथा परिचालन, खाद्य स्वच्छतासम्बन्धी तालीम, उपभोक्ता भेला, खान हुने र नहुने खाद्यवस्तु, तिनको गुणस्तर र खाद्य उपभोगका विषयमा विद्यार्थीलाई पढाउने गरिएको  उहाँको भनाइ थियो ।  

यसैगरी खाद्य ऐन, २०२३ र दाना पदार्थ ऐन, २०३३ अन्तर्गत रहेर बन्द तथा खुला १२० प्रकारका खाद्यवस्तुको लेबल तथा तिनको गुणस्तरको नमूना लिएर जाँच गर्दै आइएको निमित्त प्रमुख थापाले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता