2026-11-03 06:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

आगोले भविष्य नै खरानी बनाएपछि..

नवीन नेपाली | वैशाख २७, नारायणपुर  |  जङ्गली डढेलोका कारण माले र सिरुखर्कको सिङ्गो गाउँ नै खरानी बन्यो । दाङको घोराही उपमहानगरपालिका– १ तल्लो माले र सिरुखर्कका अग्निपीडित अहिले बारी र रुखमुनी छन् ।

 जिन्दगीभर कमाई जोगाएर राखेको सम्पति र भविष्यको योजना आगोसँगै डढेपछि उनीहरू खुल्ला आकाशमुनि सुत्न बाध्य भएका हुन् । “आगोले घर गोठसँगै सबै सरसमान जलेर नष्ट भए” पीडित हेमलाल थापाले भन्नुभयो, “बारी र रुखमुनी दिनरात बस्नुपरेको छ ।” तल्लो माले र सिरुखर्क गाउँमा वन क्षेत्रबाट आएको आगोले २० घरगोठ जलेर नष्ट भएका थिए । 

आगलागीबाट झण्डै रु ५१ लाख बराबरको सामान क्षति भएको छ । जङ्गलबाट सल्किएको  आगो गाउँमा आइपुग्दा एकै परिवारका १० जनाको घरगोठ समेत जलेर नष्ट भयो । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा परी रु ५० लाख ९० हजार बराबरको धनमाल क्षति भएको छ ।

शैक्षिक वर्षको शुरुमै बालबालिकाले पढ्ने किताब मात्र हैन, विद्यालय पोशाकसमेत आगोमा परे । भर्खरै किनेका नयाँ किताब आगोमा दनदनी जल्दा बालबालिकाको आँखामा आँशु भरिएर आएको पीडित थापाले बताउनुभयो । 

“भविष्य नै सकिए जस्तो लाग्या छ ।” थापाले भन्नुभयो, “बालबालिकाको किताब कापीदेखि सुनका गहना सबै आगोले खायो ।” जिन्दगीभरको कमाइ र मेहनत आगोमा परेपछि अग्निपीडितले भोलिको जीवन यापनबारे कुनै सोच बनाउन सकेका छैनन्   । 

‘रेडक्रसले दिएको त्रिपाल टाँगेर बारीमा बसेका छौँ’ प्रेमबहादुर थापाले भन्नुभयो, “शरीरको एकसरो कपडासँग रहेका अग्निपीडितलाई चर्को घामपानीमा  बास नहुँदा निकै पीडा भएको छ ।” पानीको अभाव र तीव्रगतिमा चलेको हावाका कारण आगो निभाउन नसेकको पीडितहरूको भनाइ थियो । यसअघि बुधबार बेलुका सोही वडाकै तल्लो माले गाउँमा पनि वन क्षेत्रबाट आएको आगो पस्दा चार परिवारका १० घरगोठ जलेर खरानी भएको थियो । 

उता देउखुरीको राजपुर गाउँपालिका–१ पटौली नाकाका गगन बस्नेतको घरगोठमा आगलागि भएको छ । सोलारको तार सर्ट भएर आगलागी हुँदा चार बाख्रा मर्नाका साथै घरगोठ पूर्णरुपले जलेको थियो ।

 यस्तै दाङको शान्तिनगर गाउँपालिकामा गत सोमबार दिउँसो एकैपरवारको तीन घरमा आगलागी भयो । जुम्ले कुलामा एकैपरिवारका बुद्धिराम रेउले, गौरीलाल रेउले र कुलबहादुर रेउलेको घरमा आगलागी हुँदा लाखौँको धनमाल क्षति भयो । केही दिनअघि मात्रै तुलसीपुर टरिगाउँ बिमानस्थल नजिकैको ऊँबहादुर चौधरीको काठ मिलमा भएको आगलागीबाट लाखौंँको काठ, चिर्न प्रयोग हुने आँैजार, एउटा मोटरसाइकल, दुईवटा साइकललगायत सामग्री जलेर नष्ट भएको थियो । 

वर्षेनी आगलागीका कारण करोडौँको धनमाल खरानी हुने गरेको दाङमा पाँच वर्षको अवधिमा ६७९ घर जलेर नष्ट भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कममा उल्लेख छ ।  आर्थिक वर्ष २०६९÷७० मा १०४ घर तथा २०७०÷७१ मा १३७ घर सखाप भएका थिए  ।

 यस्तै आगलागीमा परी आव २०७१÷७२ मा १८० घर २०७२÷७३ मा ११८ घर परिवारले घरवास गुमाउनु परेको थियो । 

 यस्तै २०७३÷७४ मा ८५ घरमा आगलागी भएको थियो । यस वर्षको फागुन २५ गतेसम्म ५५ घरमा आगलागी भएको जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले बताउनुभयो । 

“आजभोलि सुख्खा र हावाहुरी चल्ने याममा  आगो पूर्ण रूपमा ननिभाउँदा र मानवीय त्रुटिका कारण पनि आगलागी हुने गरेको छ ।” दाहालले भन्नुभयो, “मानिसले आनीबानीमा सुधार गर्नुपर्छ, यस्तो मौसममा जथाभावि आगो छोड्नु हुँदैन, जङ्गलमा आगो लगाउनु हुदैन ।” जङ्गलमा आगो लगाउँदा दन्कोको आगो बस्तीसम्म आएर गाउँ नै सखाप पार्ने जोखिम रहेको उहाँले बताउनुभयो । 

दाङमा अहिले चारवटा मात्रै दमकल छन् । घोराही उपमहानगरपालिकामा १, तुलसीपुर उपमहानगरपालिका–१ र लमही नगरपालिकासँग भएका दुई वटा दमकलले सिङ्गो जिल्लाका सबै स्थानमा सेवा दिनुपर्ने अवस्था छ । आगलागीका घटना जिल्लाको शहर बजार भन्दा धेरै टाढा ग्रामीण भेगमा हुनु र दमकल शहरमा केन्द्रित भएका कारण समयमै आगो रोकथाम गर्न समस्या भएको लमहीनगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै