२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्रालयले भन्यो -स्वास्थ्य परीक्षण ३७ मेडिकलबाट मात्रै हुने कुरा ‘अनर्गल प्रचार मात्रै’

२०७६, २७ बैशाख शुक्रबार ११:२९

बैशाख २७, काठमाण्डौ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण यसअघि नै परीक्षण गर्दै आएका ३७ वटा स्वास्थ्य संस्थाबाट हुने भनेर आएका खबरको खण्डन गरेको छ । 

केही सञ्चारमाध्यमले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण यसअघि सरकारले खारेज गरेका ३७ वटा मेडिकलबाटै हुने भन्दै खबर प्रकाशित गरेपछि मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘वैदेशिक रोजगारका लागि मलेसिया जाँदा स्वास्थ्य परीक्षण गर्नका निम्ति मलेसिया सरकारसँग श्रम समझदारी हुनु अगावै छनौट भएका सीमित स्वास्थ्य संस्थाहरुबाट मात्रै यस्तो स्वास्थ्य जाँच हुनसक्ने, नयाँ स्वास्थ्य संस्थाहरुको सूचिकरण हुन नसक्ने भनी विभिन्न स्रोतहरुलाई उल्लेख गर्दै समाचारहरु प्रकाशित भएकोप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’


मन्त्रालयले नेपाल सरकार र मलेसिया सरकारबीच गएको कार्तिक १२ गते भएको श्रम समझदारी अनुसार नै कामदारको स्वास्थ्य परीक्षण हुने पनि स्पष्ट पारेको छ । समझदारीमा स्वास्थ्य परीक्षण र यसको मापदण्ड मलेसिया सरकारले नै तोक्ने व्यवस्था रहेको भन्दै मन्त्रालयले यसै अनुसार स्वास्थ्य संस्थाहरुलाई सूचीकृत हुन आह्वान गरिएको जनाएको छ । 

निवेदन दिएका स्वास्थ्य संस्थाको अनुगमन भइरहेको भन्दै मन्त्रालयले यसैबीचमा यसअघि नै परीक्षण गर्दै आएका ३७ वटा मेडिकल संस्थाबाट हुने भन्दै आएका कुरा अनर्गल प्रचार भएको भन्दै भ्रममा नपर्न भनेको छ ।

‘मलेसिया सरकारसँग भएको सम्झौता बमोजिम स्वास्थ्य जाँच गर्ने संस्थाहरुको छनौट प्रकृया नटुंगीसकेका वर्तमान अवस्थामा यस विषयलाई लिएर भएका अनर्गल प्रचारप्रसारबाट भ्रममा नपर्नुहुन मन्त्रालय सम्पूर्ण नागरिक, सरोकारवाला संघ संस्था तथा सञ्चारकर्मीहरुमा हार्दिक अनुरोध गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ । 

पुरानै ३७ वटा मेडिकल संस्थाबाटै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई मलेसियाली दूतावासले लेखेको पत्र सार्वजनिक भएको थियो । 

नेपालमा रहेको मलेसियन दूतावासले अप्रिल ८ मा नेपाल स्वास्थ्य व्यवसायी महासंघलाई पठाएको पत्रका विषयमा भने मन्त्रालयले निकालेको विज्ञप्तिमा केही उल्लेख  छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै