२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्रालयले भन्यो -स्वास्थ्य परीक्षण ३७ मेडिकलबाट मात्रै हुने कुरा ‘अनर्गल प्रचार मात्रै’

२७ बैशाख २०७६, शुक्रबार ११:२९

बैशाख २७, काठमाण्डौ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण यसअघि नै परीक्षण गर्दै आएका ३७ वटा स्वास्थ्य संस्थाबाट हुने भनेर आएका खबरको खण्डन गरेको छ । 

केही सञ्चारमाध्यमले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण यसअघि सरकारले खारेज गरेका ३७ वटा मेडिकलबाटै हुने भन्दै खबर प्रकाशित गरेपछि मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘वैदेशिक रोजगारका लागि मलेसिया जाँदा स्वास्थ्य परीक्षण गर्नका निम्ति मलेसिया सरकारसँग श्रम समझदारी हुनु अगावै छनौट भएका सीमित स्वास्थ्य संस्थाहरुबाट मात्रै यस्तो स्वास्थ्य जाँच हुनसक्ने, नयाँ स्वास्थ्य संस्थाहरुको सूचिकरण हुन नसक्ने भनी विभिन्न स्रोतहरुलाई उल्लेख गर्दै समाचारहरु प्रकाशित भएकोप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’


मन्त्रालयले नेपाल सरकार र मलेसिया सरकारबीच गएको कार्तिक १२ गते भएको श्रम समझदारी अनुसार नै कामदारको स्वास्थ्य परीक्षण हुने पनि स्पष्ट पारेको छ । समझदारीमा स्वास्थ्य परीक्षण र यसको मापदण्ड मलेसिया सरकारले नै तोक्ने व्यवस्था रहेको भन्दै मन्त्रालयले यसै अनुसार स्वास्थ्य संस्थाहरुलाई सूचीकृत हुन आह्वान गरिएको जनाएको छ । 

निवेदन दिएका स्वास्थ्य संस्थाको अनुगमन भइरहेको भन्दै मन्त्रालयले यसैबीचमा यसअघि नै परीक्षण गर्दै आएका ३७ वटा मेडिकल संस्थाबाट हुने भन्दै आएका कुरा अनर्गल प्रचार भएको भन्दै भ्रममा नपर्न भनेको छ ।

‘मलेसिया सरकारसँग भएको सम्झौता बमोजिम स्वास्थ्य जाँच गर्ने संस्थाहरुको छनौट प्रकृया नटुंगीसकेका वर्तमान अवस्थामा यस विषयलाई लिएर भएका अनर्गल प्रचारप्रसारबाट भ्रममा नपर्नुहुन मन्त्रालय सम्पूर्ण नागरिक, सरोकारवाला संघ संस्था तथा सञ्चारकर्मीहरुमा हार्दिक अनुरोध गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ । 

पुरानै ३७ वटा मेडिकल संस्थाबाटै मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई मलेसियाली दूतावासले लेखेको पत्र सार्वजनिक भएको थियो । 

नेपालमा रहेको मलेसियन दूतावासले अप्रिल ८ मा नेपाल स्वास्थ्य व्यवसायी महासंघलाई पठाएको पत्रका विषयमा भने मन्त्रालयले निकालेको विज्ञप्तिमा केही उल्लेख  छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य