२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बयालपाटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने: पूर्व उपप्रधानमन्त्री रावल

२०७६, २८ बैशाख शनिबार १५:५८

कमल रावल । बैशाख २८, अछाम । पुर्व उपप्रधान, रक्षा तथा गृहमन्त्री भीम रावलले न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।


अस्पतालले प्रदान गरीरहेको सेवा देशमै नमूनाको रुपमा रहेको र अझै स्तरबृद्धि गरी शिक्षण अस्पतालको रुपमा विकास गर्न आफु लागिरहेको उहाँले बताउनु भयो । न्याय हेल्थ नेपालको दशौंँ बार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै रावलले सबैको पहलबाट अस्पताल यो स्थानमा आएको र शिक्षण अस्पतालको रुपमा विकास गर्नुपर्ने सबैको चाहना रहेको स्पष्ट पार्नुभयो ।

न्याय हेल्थ नेपालका कार्यकारी निर्देशक एस. पी कलौनीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटि सदस्य तथा प्रतिनिधि सभा सदस्य समेत रहनु भएका नेता रावलले अस्पतालले जिल्लाका विभिन्न स्थानमा सेवा विस्तार गरेको भन्दै जनताको स्वास्थ्य अधिकारलाई प्रश्रय दिन लागिपरेको बताउनु भयो । हाल सुविधा सम्पन्न भवन निर्माण भएका र फेरी पनि यसका लागि पहल गरी संघीय सरकार र प्रदेश सरकारलाई उचित बजेट विनियोजनका लागि घच्घचाईरहने र बजेट आउने विश्वास व्यक्त गर्नुभयो ।

न्याय हेल्थ नेपालले स्वास्थ्य सेवामा १० बर्षको साझेदारी पुरा गरेको अवसरमा भएको कार्यक्रमका बिशिष्ट अतिथि राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवरले हालै सरकारको निति तथा कार्यक्रममा समेत स्वास्थ्य सेवालाई प्राथमिकता दिएको भन्दै अस्पतालको सेवाले जिल्लाकै नाम उच्च भएको बताउनु भयो ।


न्याय हेल्थ नेपालले एक दशक देखी नेपालका दुर्गम क्षेत्रका समुदायहरुलाई अस्पताल सहतिको निःशुल्क सामुदायिक स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । नेपाल सरकार संगको साझेदारी तथा सहकार्यमा सुदूरपश्चिमको अछाममा बयालपाटा अस्पतालबाट र २०७२ सालको भुकम्प पछि दोलखा चरिकोट अस्पताल तथा हालै अछामको चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत व्यवस्थापन गर्दै निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ । अछाम र दोलखा गरि विभिन्न ९ भन्दा बढी स्थानिय तहमा सामुदायिक स्वास्थ्य कार्यक्रम लागु भई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

३ सय ७० जना कर्मचारीहरु सहति बार्षिक रुपमा १ लाख ६५ हजार भन्दा बढी बिरामीलाई निशल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको यस संस्थाले स्थापनाकाल देख नै स्वास्थ्य सेवालाई सर्भसलुभ बनाउदै एकिकृत स्वास्थ्य प्रणाली मार्फत ७ लाख बढी बिामीहरुलाई प्रत्यक्ष रुपमा सेवा दिईसकेको छ । न्याय हेल्थ नेपालले सरकारी स्वामित्वमा रहेका स्वास्थ्य संस्थाहरुको सुधार ल्याउने, स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिने, सामुदायिक स्वास्थ्यकमीहरुद्धारा घरघरमा सेवा दिने, कागज रहित सेवा –बिद्युतिय अभिलेख राख्ने तथा राष्ट्रिय नीति निर्माणमा सहयोग हुने खालका अनुसन्धान गर्ने उद्देश्यका साथ काम गरिरहेको अस्पतालले जनाएको छ ।

बार्षिकोत्सवमा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर गोविन्द, मीना साउँद, जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुँवर, प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, नेकपामा नेता शिलोज कुँवर, नेपाली कांग्रेसका उपसभापति चन्द्र प्रसाद ढुंगाना, साँफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुँवर, मंगलसैन नगर उपप्रमुख सरिता उपाध्याय, रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावल, मेल्लेख गाउँपालिका उपाध्यक्ष धन बहादुर शाह, समाजसेवी राजन कुँवर, साँफेबगर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष मिठु भाटले संस्था मार्फत संचालिन अस्पतालको दिगोपनाका लागि आआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता सहितको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

न्याय हेल्थ नेपालमा अनवरत रुपमा १० बर्षसम्म सेवा गर्नुभएका १३ जना कर्मचारीहरुलाई प्रमुख अतिथिबाट सम्मान समेत गरिएको थियो ।  १० बर्ष पुराभएको अवसरमा संगीता नेपाली, पवित्रा कुँवरले आफ्नो कार्य अनुभव राख्नु भएको थियो भने संस्थाले १० बर्षमा हासिल गरेका मुख्य उपलब्धिका बारेमा समेत विभागिय कर्मचारीहरुले कार्यक्रममा जानकारी गराएका थिए । प्रस्तुत गरेका थिए ।

अस्पतालका प्रादेशिक निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले स्वागत गर्नुभएको कार्यक्रमको संचालन पूर्ण बहादुर खड्का र काजल जोशीले गर्नुभएको थियो ।

यसैबिच १० बर्ष पुगेको अवसरमा आज बिहान प्रभातफेरी कार्यक्रम समेत गरिएको थियो । स्थापनाकालमा साँफेबगरमा रहेको क्लिनिकबाट हाटबजार देखी एयरपोर्ट बजार हुदै छिपेखोलासम्म सम्पुर्ण कर्मचारीहरुको सहभागितामा प्रभात फेरी कार्यक्रम गरिएको अस्पतालका मेडिकल निर्देशक डाक्टर बिकाश गौचनले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु