२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लोपोन्मुख जनावर, जडीबुटी र पर्यटकीयस्थलको सम्भाव्यता अध्ययन गर्न विज्ञ टोली कर्णालीमा

२८ बैशाख २०७६, शनिबार १६:०४

बैशाख २८, सुर्खेत । राष्ट्रिय प्रकृति संरक्षण कोषको विज्ञसहितको टोलीले कर्णालीमा लोपोन्मुख जनावर, जडिबुटी लगायतको सम्भाव्यता अध्ययन थालेको छ । कर्णाली प्रदेशका जाजरकोट, डोल्पा र जुम्लामा गर्न लागिएको अध्यययनले लोपोन्मुख जंगली जनावर, जडीबुटी, यहाँका धार्मिक तथा पर्यटकीयस्थलको सम्भाव्यता अध्ययन गरिने टोलीका संयोजक वीरेन्द्र बस्नेतले जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालयले जाजरकोट, डोल्पा र जुम्लामा एकै पटक पूर्व सम्भाव्यता अध्ययन टोली पठाएर काम थालेको छ । टोलीले जाजरकोट, डोल्पा र जुम्ला गरी तीनै वटै जिल्लामा अध्ययन थालेको जनाएको छ । समाजशास्त्री, वन्यजन्तु विज्ञ, वनस्पति विज्ञ, जंगलविज्ञ, पर्यटन र संस्कृतिक विज्ञसहितको टालीले तीन जिल्लाका विभिन्न ठाउँमा गएर स्थानीय सरकार, स्थानीयवासी, नागरिक समाजसँग अन्तरक्रिया तथा स्थलगत अध्ययन थालेको हो ।

टोलीले जाजरकोटका नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशेगाउँपालिका, डोल्पाको मुडकेचुला, जगदुला गाउँपालिका, जुम्लाको गुठीचौर, तातोपानी गाउँपालिकामा काम शुरु गरेको छ । अध्ययन टोलीले दिएको प्रतिवेदनका आधारमा तीन जिल्लाको विशेष क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरिने छ । कर्णालीमा अपार प्रकृतिक सम्पदा, जंगल र जडीबुटी भए पनि लगानी र विज्ञको अभावमा पछि पर्दै आएको बताइएको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली हीरा भएकाले यसलाई समुचित प्रयोग गरेर कर्णालीकै विकास गरिने बताए । जाजरकोटमा हाब्रेलगायतका अन्य लोपोन्मुख जनावार पाइने भएकाले संरक्षणमा जोड दिई से–फोक्सुण्डो र राराजस्ता कर्णालीकै परिचय दिने सम्पदाको विश्वव्यापीकरण प्रचार गर्नसके कर्णालीको परिचय फेरिने उनले बताए ।

मन्त्री बस्नेतले भने, ‘हामी अब विकट, गरीबी अशिक्षा र अभावको परिचयबाट माथि उठेर कर्णालीलाई माथि उठाई विश्वका सामु कर्णाली भन्ने बित्तिकै ध्यान तान्ने बनाउने गुरुयोजनामा छौं, हामीसँग पर्याप्त जंगल, जडीबुटी र जमीन छ, लगानी गरेर यहाँको खास विकास, निकास र समृद्धि हुनेछ ।’यसैगरी ४१० मेघावाट जलविद्युत् आयोजना जाजरकोटकै पूर्वी क्षेत्र नलगाडमा बन्दै छ भने डोल्पाको जगदुला जलविद्युत् आयोजना निर्माण हुँदै छन् । त्यस्तै भेरी नदीबाट (ए), (वि), (सी) र (डि) लगायतका आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो