७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाढी पीडितका लागि नमूना बस्ती शिलान्यास

३० बैशाख २०७६, सोमबार ०३:१५

वैशाख ३०, सुनसरी | सुनसरीको रामधुनी नगरपालिका–८ मा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)ले नमूना बस्ती निर्माण गर्ने भएको छ । प्याब्सन केन्द्रीय कार्यालयले प्रदेश र जिल्ला शाखासँगको समन्वयमा २५ घरधुरीसहितको नमूना बस्ती निर्माण गर्न लागेको हो । 

सो बस्ती निर्माणको आइतबार सङ्घीय सरकारका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिलान्यास गर्नुभयो । सो अवसरमा कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी र १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे सहभागी हुनुहुन्थ्यो । 

रामधुनी नगरपालिकाले उपलब्ध गराएको करीब एक बिघा क्षेत्रफलमा सुविधा सम्पन्न बस्ती निर्माण गर्न लागेको प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइरालाले बताउनुभयो । बाढी पीडित र विपन्न समुदायलाई लक्षित गरी तयार पार्न पारिएको बस्तीका प्रत्येक घर दुई कोठे हुनेछन् । शौचालय र खानेपानीको उचित प्रबन्धसहितको बन्दोबस्ती मिलाइने नमूना बस्तीमा चिल्ड्रेन पार्कको समेत व्यवस्था गरिने अध्यक्ष कोइरालाले बताउनुभयो । 

बढीमा छ महीनाभित्र निर्माण कार्य सम्पन्न गरी सम्बन्धित परिवारलाई घर हस्तान्तरण गर्ने लक्ष्य लिएको प्याब्सनले नमूना बस्ती निर्माणको अनुमानित लागत रु एक करोड ५० लाखको हाराहारीमा रहने जनाइएको छ । 

कार्यक्रममा प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरी, प्याब्सन प्रदेश १ का अध्यक्ष युवराज वशिष्ठसहित केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा बराह क्षेत्र नगरपालिका प्रमुख निलम खनाल, रामधुनी नगरपालिका प्रमुख जयप्रकाश चौधरी, नेकपाका सुनसरी अध्यक्ष योगेन्द्र मण्डल(पपु), वडाध्यक्ष रुद्र बस्नेतलगायतको सहभागिता रहेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’ आज कुन फलफूल तथा तरकारीको मूल्य कति ? आज शुक्रबार पनि बढ्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार? अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर गयो भूकम्प जागरण सभाका नाममा आज एमालेले शक्ति प्रदर्शन गर्दै शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने यू–१९ विरुद्धको सिरिजमा नेपालले कर्नाटकलाई हरायो जनताले महसुश गर्ने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश मन्त्रिपरिषद बैठक सिंहदरवारमा जारी पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण: लिलाबल्लभले बयानमा के भने ?