२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बेनी–जोमसोम–कोरला सडक सुस्तायो

३० बैशाख २०७६, सोमबार ०८:२२

कमल खत्री | वैशाख ३०, बेनी | कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक सुस्ताएको छ । पारवहन र व्यापारिक हिसाबले निकै महत्वपूर्ण मानिने कोरला नाकाको आधार यस सडक निर्माणको गति सुस्त भएपछि आयोजनामाथि चौतर्फी दबाब बढेको छ । दुई ठूला मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनीदेखि  जोमसोमसम्म कालोपत्र र जोमसोमदेखि कोरला नाकासम्म ग्राभेल गर्ने गरी सडक स्तरोन्नति थालिएको हो । 

कुल ७६ किलोमिटरको बेनी–जोमसोममा चार र  ११० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा सात प्याकेजसहित निर्माण कार्यलाई अघि बढाइएको भए पनि निर्माण कम्पनीले कार्यक्षेत्रमा उल्लेख्य मात्रामा उपकरण र जनशक्ति परिचालन गर्न सकेका छैनन् । बेनी–जोमसोम खण्डमा समयतालिका बनाएर गाडी चलाउने गरी निर्माण कार्यका लागि उचित वातावरण मिलाइएको भए पनि अधिकाँश ठाउँमा न्यून कामदार र उपकरण प्रयोग भएको पाइएको छ । बर्खायाम शुरु हुन लागिसक्दा समेत सडक स्तरोन्नति र पुल निर्माणको कामले गति नलिएको मुस्ताङ घाँसाका स्थानीय अगुवा विक्रम गौचनले बताउनुभयो । 

कतिपय ठाउँमा सडक काटेर पर्खाल र ग्याबियनको काम नथालिँदा प्राकृतिक विपद्को जोखिमसमेत बढेको उहाँको भनाइ छ । निर्धारित समय सकिन लाग्दा आधा काम मात्रै सकिएको यस आयोजनामा निर्माण व्यवसायीले जनशक्ति परिचालनमा उदासीनता देखाएपछि तत्काल जनशक्ति र उपकरण थप गर्न निर्देशन दिइएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । “आयोजनाको काम नियमित अनुगमन गरिरहेका छाँै, म्याग्दी खण्डका काम सन्तोषजनक देखिएको छैन, काम नगर्ने निर्माण कम्पनीहरुको विवरण दिन आयोजनालाई भनेका छाँै, काम समयमै सम्पन्न नगर्ने कम्पनीलाई आवश्यक परे कारबाहीको लागि समेत कदम चाल्छौँ,” प्रजिअ अधिकारीले भन्नुभयो ।

बेनी–जोमसोम खण्ड आगामी मङ्सिर १५ गतेभित्र कालोपत्रेको काम सक्नुपर्ने म्याद छ भने माथिल्लो खण्डमा आगामी असारसम्मका लागि मात्रै म्याद थप भएको छ । तर, निर्माण कम्पनीहरुको ढिलासुस्तीका कारण आयोजनाको अहिलेसम्म तल्लो खण्डमा ५२ र माथिल्लो खण्डमा ८० प्रतिशत मात्रै काम सम्पन्न भएको आयोजनाका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो । “सडक फराकिलो बनाउने र पर्खाल लगाउने काम भैरहेको छ, कतिपय क्षेत्रमा ढिलासुस्ती पनि भएको छ, हामीले ताकेता गरिरहेका छौँ, केही स्थानमा क्वान्टिटी फेरबदल गर्नुपर्ने देखिएको छ,” आयोजना प्रमुख अधिकारीले भन्नभुयो ।

अधिकाँश निर्माण कम्पनीले कार्यक्षेत्रमा जनशक्ति बढाउन सकेका छैनन् । कामदार र उपकरण पर्याप्त मात्रामा  परिचालन हुन नसक्दा निर्माण कार्यमा ढिलाइ भैरहेको छ । बेनी–जोमसोम खण्डको काम तुलनात्मक रुपमा सन्तोषजनक छैन । आयोजनाको गलेश्वरदेखि तातोपानीसम्मको ठेक्का लिएको शर्मा युनाइटेडले ४० प्रतिशत, तातोपानीदेखि घाँसासम्म शर्मा गजुरमुखीले ४२ प्रतिशत, घाँसादेखि कोबाङसम्म शर्मा गजुरमुखीले ४५ प्रतिशत र कोबाङदेखि जोमसोमसम्म पप्पु गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ५० प्रतिशत काम सम्पन्न गरेका छन् । 

जोमसोमदेखि ताङ्वेसम्म बज्रगुरु खड्का कृष्ण जेभीले ८५ प्रतिशत, ताङवेदेखि चैलेसम्म दिवा डाँफे एपेक्स जेभीले ८२ प्रतिशत, चैलेदेखि भेनासम्म कन्टेक कान्छाराम कोशी एण्ड न्यौपानले ३५ प्रतिशत, भेनादेखि भैmटेसम्म कञ्चनजङ्गा लामा विरुवाले ८० प्रतिशत, झैटेदेखि चराङसम्म कञ्चनजङ्गा लामा मोतीदान जेभीले ४५ प्रतिशत  र चराङदेखि छोसेरसम्म तामाङ गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीले ६० प्रतिशत काम सकेका छन् । 

छोसेरदेखि कोरलासम्मको १६ किलोमिटर सडक स्तरोन्नतिको काम भने दिवा रौतहा एपेक्स जेभीले गत पुसमा नै सम्पन्न गरिसकेको आयोजनाका इन्जिनीयर जगत प्रजापतिले जानकारी दिनुभयो । एघार मिटर चौडा बनाएर बेनी–जोमसोम सडक कालोपत्र गरिने छ भने जोमसोम–कोरला सडकमा ग्राभेल बिछ्याइने छ । तीन वर्षदेखि सञ्चालनमा रहेको यस आयोजनाको साढे ७ अर्ब लागत अनुमान गरिएको छ ।

बेनीदेखि कोरला नाकासम्मको यस सडक खण्डमा विभिन्न ३५ ठाउँमा पक्की पुल बनाउनुपर्नेछ । पुल निर्माण गर्नुपर्ने स्थानहरुमध्ये डोलिडारले जोमसोमस्थित कालीगण्डकी नदीमा पुल निर्माण सम्पन्न गरिसकेको छ । चैलेस्थित कालीगण्डकी नदीमा पक्की पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १३ स्थानमा अहिले पुल निर्माण कार्य जारी रहे पनि अधिकाँश ठाउँका लागि प्रकृया नै अघि बढेको छैन । निर्माण शुरु भएका पुलको कामसमेत सन्तोषजनक देखिएको छैन । पुल निर्माणमा समेत ढिलाइ हुँदा करिडोर सञ्चालनमा थप ढिलाइ हुने देखिएको छ । 

बेनी–जोमसोम सडकका लागि विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो । भैरहवा–सुनौली नाकाबाट शुरु भएको कालीगण्डकी करिडोरको सडक बुटवल, पाल्पा, गुल्मी हुँदै बागलुङसम्म ल्याइएको छ भने बेनी–मालढुङ्गा सडकलाई करिडोरको रुपमा स्तरोन्नति गर्न हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट १० करोड बजेट विनियोजन भएको छ । उत्तर दक्षिण जोड्ने यो सडकको कुल लम्बाइ ४३५ किलोमिटर रहेको छ । मुस्ताङस्थित कोरला नाका सञ्चालनको प्रमुख आधार मानिएको कालिगण्डकी करिडोर यस क्षेत्रमा व्यापारिक गतिविधिका साथै चिनियाँ र भारतीय पर्यटकको आगमन बढाउन सहयोगी हुने विश्वास लिइएको छ । (

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड