2026-09-14 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु

वैशाख ३०, परासी  | पश्चिम नवलपरासीको छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ । रामग्राम नगरपालिका–१६ हकुई र रामग्राम–१२ कशियामा भएका दुर्घटनामा बालिकासहित दुई जनाको ज्यान गएको हो ।

ट्राफिक प्रहरी कार्यालय परासीका अनुसार आज बिहान ७ः४५ बजेको समयमा भैरहवाबाट परासीतर्फ आउँदै गरेको लु१ख ७७११ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको हो । दुर्घटनामा परी पैदलयात्री सरावल–५ की नौ वर्षीय प्रिती यादवको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

यसैगरी रामग्राम–१२ कशिया चोकमा आज बिहान ११ बजेको समयमा परासीबाट भूमहीतर्फ एउटै दिशाबाट जाँदै गरेका दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक युवाको ज्यान गएको छ । 

प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेका ना ३२ प ९०१३ र ना २९ प ५६४७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा ना २९ प ५६४७ नम्बरको मोटरसाइकलका चालक अन्दाजी २४ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ