२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु

३० बैशाख २०७६, सोमबार ०८:५२

वैशाख ३०, परासी  | पश्चिम नवलपरासीको छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ । रामग्राम नगरपालिका–१६ हकुई र रामग्राम–१२ कशियामा भएका दुर्घटनामा बालिकासहित दुई जनाको ज्यान गएको हो ।

ट्राफिक प्रहरी कार्यालय परासीका अनुसार आज बिहान ७ः४५ बजेको समयमा भैरहवाबाट परासीतर्फ आउँदै गरेको लु१ख ७७११ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको हो । दुर्घटनामा परी पैदलयात्री सरावल–५ की नौ वर्षीय प्रिती यादवको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

यसैगरी रामग्राम–१२ कशिया चोकमा आज बिहान ११ बजेको समयमा परासीबाट भूमहीतर्फ एउटै दिशाबाट जाँदै गरेका दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक युवाको ज्यान गएको छ । 

प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेका ना ३२ प ९०१३ र ना २९ प ५६४७ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा ना २९ प ५६४७ नम्बरको मोटरसाइकलका चालक अन्दाजी २४ वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य