पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>वैशाख ३०, काठमाडौं | </b>७ वर्षीया बालिका बलात्कार गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । <br></p><p>काठमाडौँको सिनामंगलमा सात बर्षिय बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको समन्वयमा कञ्चनपुर प्रहरीले भुवन भन्ने राजु खरेललाई पक्राउ गरेको हो । </p><p>बलात्कार गरि फरार रहेका उनलाई कञ्चनपुरको बेलौरीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।</p>

