२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

डेढ करोड महसुल उठ्न बाँकी

३१ बैशाख २०७६, मंगलवार ०६:४२

बैशाख ३१, लमही | नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक करोड ४० लाख ९५ हजार १८५ उठाउन बाँकी रहेको विद्युत् उपवितरण केन्द्र लमहीले जनाएको छ । 

सबैभन्दा धेरै एसएमबी फुड प्रोडक्टको रु छ लाख १९ हजार ५०४ विद्युत् महसुल बाँकी रहेको छ । प्राथमिक स्वास्थ्य केन्द्र लमहीको रु एक लाख ७५ हजार ७२४, मनकामना एग्रिगेट बालुवा उद्योगको रु एक लाख चार हजार, चिरण राइस मिल (पाण्डे राइस आयल मिल) को रु चार लाख ७८ हजार ७४६, खानेपानी योजनाको रु एक लाख ६७ हजार, खड्का सःमिलको रु एक लाख ६७ हजार १५०, लमही नगर विकास समितिको रु ५१ हजार महसुल बाँकी छ । 

बगिया खानेपानी भैसहवाको रु एक लाख ९७ हजार, छम्पाली आयल मिलको रु एक लाख नौ हजार, दाङ भ्याली ह्युमपाइप सुन्डबरीको रु ६४ हजार, नर्ति रेञ्जपोष्टको रु ५३ हजार, राप्ती उद्यम प्रालिको रु तीन लाख १५ हजार, भन्सार कार्यालयको रु ५७ हजार, हमाल राइस तथा आयल मिलको रु ६३ हजार, शिवशक्ति कृषक सहकारी संस्थाको एक लाख १२ हजार, गोराराम बोहोराले रु तीन लाख ६४ हजार विद्युत् महसुल बुझाउन बाँकी रहेको देखिन्छ ।

विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रका प्रमुख नन्दलाल शर्माका अनुसार धेरैजसो सरकारी कार्यालय र उद्योगको महसुल बाँकी छ । उहाँले महसुल नबुझाएका ग्राहकको तत्काल विद्युत् लाइन काटिने बताउनुभयो । मिटर जाँच भएको ६० दिनभित्र महसुल नबुझाए लाइन काट्ने प्रावधान रहे पनि उपवितरण केन्द्र लमहीले २२ महीनासम्म पनि महसुल नबुझाएका ग्राहकको विद्युत् लाइन काट्न भने सकेको छैन ।

महसुल नबुझाएको ३१औँ दिनदेखि नै जरिवाना लाग्ने भए पनि अटेरी स्वभावले गर्दा वर्षौ दिनसम्म विद्युत् महसुल नबुझाउनेको सङ्ख्या धेरै रहेको कार्यालयले जनाएको छ । त्यसो त घरायसी प्रयोगका मिटरबाट समयमै महसुल बुझाउने गरेको कार्यालयको भनाइ छ ।

कार्यालयले अनलाइनमार्फत् पनि भुक्तानी लिने गरेको छ । अनलाइन प्रणाली लागू भएदेखि अहिलेसम्म २६ हजार ग्राहकबाट करीब रु एक करोड २० लाख भुक्तानी लिइसकेको प्रमुख शर्माले बताउनुभयो । इ–सेवा, पे–पोइन्ट, महालक्ष्मी बैंक, नबिल बैंक, हिमालय बैंक, प्रभु बैंक, आइएमई–पे, सिएफएस, सिटी एक्सप्रेस र एनइए क्यावमार्फत् विद्युत् महसुल बुझाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो