२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साझासबाल समाचार प्रभाव : मलेसियाको लागि सेक्युरिटी क्लियरेन्स गराउने जिएसजीमा विभागको छापा

३१ बैशाख २०७६, मंगलवार १४:५२

मनोज पराजुली | बैशाख ३१, काठमाडौं | बैदेशिक रोजगार विभागले मलेसिया जाने कामदारको अध्यागमन सुरक्षा जाँच गर्ने जीएसजी कम्पनीमा पनि छापा मारेको छ । मलेसिया जाने नयाँ कामदारबाट प्रतिव्यक्ति ३२ सय संकलन गरिरहेको पाइएपछि विभागले मंगलबार छापा हानेको हो ।

जीएसजी सर्भिस नेपालले आईएससी अर्थात् इमिग्रेसन सेक्युरिटी क्लियरेन्स गराउन  कामदारबाट प्रतिव्यक्ति ३ हजार ३२ सय रुपैयाँ उठाइरहेको विषयमा साझा सबालले यसअघि  निरन्तर समाचार प्रकाशित गरेको थियो ।

अनुगमनको क्रममा विभागको टोलीले जिएसजीसंग कामदारको तथ्याङ्क माग गरेको थियो तर जिएसजीले मलेसियन राजदूतावासको अनुमतिबिना दिन मिल्दैन भन्दै एक दिनको समय माग गरेको छ । 

जीएसजी सर्भिस नेपाल कम्पनीका निर्देशक निशान पन्तले सबै डाटा मलेसियन दूतावासको नियन्त्रणमा रहने भन्दै तत्काल अनुगमन टोलीलाई दिन नसकिने बताएका छन्  । उनले कलिङ भिसा आएकाहरुलाई मात्र आईएससी गराइरहेको विभागको अनुगमन टोलीलाई जानकारी गराएका छन् । 

सरकारले गत चैत्र १८ गते बाट मलेसियाको कलिङ भिषा आएका कामदारलाई विधि र प्रक्रिया अनुसार श्रम स्वीकृति दिने निर्णय गरेको थियो तर त्यस विपरित विभिन्न म्यानपावर कम्पनीले पठाएका सयौं नयाँ कामदारले दैनिक जिएसजी लाई ३२ सय तिर्दै आएका छन् । जिएसजी बारे भोलि थप अनुसन्धान हुने विभागका महानिर्देशक डा. भिष्म भुसालले बताए । मलेसिया जानको लागि कलिङ भिषा आएका बाहेक कामदारले तिरेको ३२ सय रुपैया फिर्ता हुन्छ ? भन्ने साझा सबालको प्रश्नमा महानिर्देशक भुसालले भने "हाल अनुसन्धान गर्दैछौं, के गर्ने अनुसन्धान पछि थाहा हुन्छ।" 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले गत वर्ष जेठ २ गते जिएसजीले लिने शुल्क अबैध भन्दै खारेज गरेका थिए, त्यस पश्च्यात मलेसियाको रोजगारी बन्द छ । 

थप पढ्नुहोस् 

विचरा मलेसिया जाने कामदार ! श्रममन्त्रीलेनै हस्ताक्षर विर्सिदिएपछि अब कसको आश ?

मन्त्री विष्टले अवैध घोषित गरेको जिएसजीले मलेसिया जानेहरुसँग ३२०० अशुल्दै (भिडियो सहित)





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान