२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्णाली राजमार्गका एक दर्जन पुल अलपत्र

२०७६, ३१ बैशाख मंगलवार १५:४७

वैशाख ३१, सुर्खेत | कर्णाली राजमार्गका निर्माणाधीन एक दर्जन बढी पुल अलपत्र परेका छन् । निर्माण व्यवसायीको लापरबाहीले कर्णाली राजमार्गमा दशक पहिलेदेखि निर्माण थालिएका पुल अलपत्र परेका हुन् ।दैलेख र कालिकोटको सिमानामा रहेको किट्टुभीर नजिक ४ करोड ५१ लाख रूपैयाँ लागतको घट्टेखोलामा पुल निर्माणका लागि २०६९ सालमा सम्झौता भएको थियो । सो पुल निर्माणका लागि १५ महिनाभित्र काम सक्ने भन्दै याक्थुमहार गोल्डेन जेभी काठमाडौंले जिम्मा लिएको थियो । तर ८ वर्ष वितिसक्दा पनि अधुरै छ ।

दैलेखको झाक्सीखोला पक्की पुल निर्माणका लागि हालसम्म पाँच जना ठेकेदार फेरिएको पाइएको छ । जसको सम्झौता दुई वर्षभित्रै सक्ने भनेर २०६७ सालमा भएको थियो । तर, अहिलेसम्म अधुरै छ । दैलेख खण्डमा पर्ने गोठखोला र कुमाले खोलामा साढे ४ करोड रूपैयाँभन्दा बढी लागतमा २०६८ सालमा बिटी धर्मेन्द्र १४ जेभी निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको थियो । साथै सरुवार सुनकोसी र कवीर जेभी कम्पनीले पनि बीचमै पुलको काम छाडेर भागेको छ ।

कम्पनीले बीचमै काम छोडेपछि पुल निर्माण कार्य अलपत्र परेको छ । यसका साथै कर्णाली राजमार्गको विहानी खोला खल्लाघाटबाहेक दैलेख, कालिकोट हुँदै जुम्लासम्म जोड्ने कर्णाली राजमार्गअन्तर्गत घट्टेखोला, कालेखोला, टाकुल्ला खोला, छिडेना खोला, बालीगढ, सिम्ला खोला, किटुखोला, शाही खोलामा वर्षौ पहिलेदेखि निर्माण भइरहेका पक्की पुल अहिले पनि अलपत्र अवस्थामा छन् ।

दैलेख खण्डमा पर्ने गोठखोला र कुमाले खोलामा ४ करोड बढी लागतमा पुल निर्माणको जिम्मा लिएको बिटी धर्मेन्द्र १४ जेभी निर्माण कम्पनीले कामै सम्पन्न नगरेपछि सडक डिभिजन कार्यालय सुर्खेतले सो कम्पनीलाई कालोसूचीमा राखिसकेको डिभिजन प्रमुख बेलबहादुर भुजेलले बताए ।कर्णाली राजमार्गअन्तर्गतको दैलखको झक्सीखोला पक्की पुल निर्माणका लागि हालसम्म पाँच जना ठेकेदार फेरिएको पाइएको छ ।

झन्डै ५ करोड रूपैयाँ लागतको पक्कीपुल एक वर्षमा निर्माण गर्ने सम्झौता सात वर्ष पहिले भएको पाँचौ ठेकेदार पूर्णप्रसाद उपाध्याय बताए । ‘म पाँचौं ठेकेदार हुँ, मभन्दा अघि चार कम्पनी गएँ,’ उनले भने, ‘समयमै रकम भुक्तानी नभएको कारण देखाउँदै अघिल्ला ठेकेदार भागेको जानकारी आएको छ ।’ सात वर्ष पहिले निर्माण सुरु भएको झक्सीखोला पुलमा अहिले स्लावहरू हालिएको छ । उपाध्यायले भने, ‘प्रदेश सरकारले लगानी गर्छ भनेर पाँचौ ठेकेदारका रूपमा आउँदा अहिलेसम्म कतैबाट पुल निर्माणको पहल देखिएको छैन ।’ उनले अघिल्ला चार ठेकेदारले कति भुक्तानी लिएका थिए र कति बाँकी थियो केही जानकारी नभएको बताए ।

कर्णालीका पुलमा गरिएको लगानीको हिसाव केन्द्रीय र प्रदेश सरकारसँग छैन । आयोजनामा महिनापिच्छे ठेकेदार फेरिने, सम्झौताअनुसार काम नगर्ने, निर्माण कम्पनी फरार हुने गरे पछि ठेकेदारलाई कारबाही गर्न नसक्दा कर्णालीका पक्की पुल अलपत्र भएको दैलेखका स्थानीय नैनबहादुर शाहीले बताए । एकै आयोजनाका पाँच ठेकेदार आएर पनि पुल निर्माण हुन नसक्नु दुुखद पक्ष हो । प्रदेश सरकारले सपना बाँड्दै हिँड्नुभन्दा काम गर्नुपर्ने उनको सुझाव छ ।


सरकारले योजना निर्माणको जिम्मा दिएपछि त्यसको अनुगमन, गुणस्तर मापन, कार्यविधिअनुसार सार्वजनिक सुनुवाइ, लेखापरीक्षण, जन श्रमदानलगायत कुरामा सुरुदेखि चासो राख्नु आवश्यक छ । जुन कुरा कर्णालीका पक्की पुल निर्माणमा सरकारले जिम्मेवारी पुरा गर्न सकेन । जसका कारण दशकौंदेखि पुलहरू अलपत्र रहेका छन् । जुम्लाका कालीबहादुर बुढाले अलपत्र परेका निर्माणाधीन पुलको जिम्मा लिएका निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने र लाइसेन्स खारेज गर्नुपर्ने बताए ।

सडक डिभिजन सुर्खेतका डिभिजन प्रमुख बेलबहादुर भुजेलले भने याक्थुमहार गोल्डेन जेभी, बिटी धर्मेन्द्र १४ जेभी कम्पनीलाई कालोसूचीमा राखिसकेको बताए । बीचमै ठेकेदार फरार भएपछि निर्माण अलपत्र भएको उनको भनाइ छ । अब पुल निर्माणको जिम्मा प्रदेश सरकारले लिनुपर्ने उनले बताए ।कर्णाली राजमार्गका सानाठूला पुल निर्माणका लागि विश्व बैंकले दिएको ७६ करोड पनि काम नहुँदा थन्किएको डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ