2026-09-14 02:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दुव्र्यसनीका घरघरमा प्रहरी

जेठ १, बलेवा  । गत फागुन २५ गतेदेखि जिल्ला प्रहरी कार्यालयले जिल्ला सदरमुकाममा लागुऔषध नियन्त्रणका लागि नयाँ अभियानको थालनी ग¥यो । प्रहरीले थालेको यो अभियानले सदरमुकाम आसपासमा रहेका दुव्र्यसनीको पहिचान भएको छ ।

प्रारम्भिक चरणमा सादा पोशाकमा खटिएको प्रहरीले दुव्र्यसनीको पहिचान गरेको हो । झण्डै एक हप्ताको प्रयासपछि दुई समूहमा आबद्ध आठ प्रहरीको समूहले ४० दुव्र्यसनी रहेको पत्ता लगाएको थियो । पहिचान भएका दुव्र्यसनीलाई प्रहरीले पक्राउ भने गरेको छैन । लागुऔषध दुव्र्यसनी कम गर्न अभियान चलाएको प्रहरीले दुव्र्यसनी र उनीहरुको परिवारलाई एकै ठाउँमा राखेर परामर्श दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।

आफ्नै छोराछोरी दुव्र्यसनीमा लागेको विषयमा जानकारीसमेत नभएको परिवारमा पुगेका प्रहरीले लागुऔषध दुव्र्यसनीको असर र त्यसबाट परिवार तथा समाजमा पर्ने असरका विषयमा जानकारी गराउने गरेको छ । प्रहरीले लागुऔधष प्रयोगकर्तालाई पक्राउ गरेर कारवाही गर्ने कानूनी आधार नभएका कारण उनीहरुको पहिचान गरेर परामर्श दिने गरिएको शर्माले जानकारी दिनुभयो ।

पहिचान भएका सबै दुव्र्यसनी प्रारम्भिक चरणको प्रयोगकर्ता भएकाले उनीलाई पारिवारिक वातावरणबाट सुधार गर्न थालिएको उहाँले बताउनुभयो । अहिले पनि प्रहरीले उनीहरुको घरघरमा पुगेर परिवार र सेवनकर्ता सबैलाई राखेर परामर्श दिने गरेको छ ।

लागुऔधको प्रयोग र व्यापारलाई नियन्त्रण गर्न सशक्त अभियान चलाइरहेको प्रहरीले थप २७ जनाको पहिचान गरेर पक्राउ नै गरेको छ । पक्राउ परेकामध्ये १३ प्रारम्भिक चरणकै प्रयोगकर्ता रहेकाले परामर्शपछि तारेखमा छोडिएका छ भने दुई वर्षभन्दा धेरै निरन्तर लागुऔषध प्रयोग गर्दै आएका छ जनालाई सुधार केन्द्र पठाइएको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले बताउनुभयो ।

प्रहरीकै पैसा बोकेर फरार 

जिल्लामा लागुऔषको प्रयोग भइरहेको जानकारी पाएको प्रहरीले ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिने प्रयास गरेको भएपनि असफल भएको जनाएको छ । साधा पोशाकमा प्रयोगकर्ताको रुपमा लागुऔषध खरीद गर्न पुगेका प्रहरीलाई नै ओसारपसारमा संलग्न एक व्यक्तिले रु १० हजार ५०० ठगेर बेपत्ता भएका छन् ।

पर्वतको मालढुङ्गामा लागुऔषध खरीदका लागि पुगेका प्रहरीसँग रकम लिएर लागुऔषध लिन भन्दै हिँडेका कुमार भनेर चिनिने एक व्यक्ति बीचैबाट फरार भएको शर्माले जानकारी दिनुभयो । “पहिले पैसा लिएर लागुऔषध दिने उनीहरुको सिस्टम हुँदोरहेछ, हामीले सोहीअनुसार रङ्गेहात पक्राउ गर्ने प्रयास ग¥यौँ”, उहाँले भन्नुभयो, “तर बिक्री गर्ने व्यक्ति पैसा लिएर फरार भयो ।” जिल्ला र आसपासका क्षेत्रमा उक्त व्यक्ति नरहेको र खोजी भइरहेको शर्माले बताउनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ