Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विद्यार्थी दिवसका दिन विद्यार्थी नेताहरुले बाँडे सेनेटरी प्याड

२०७६, १ जेष्ठ बुधबार १२:३६



पर्वत । विद्यार्थी दिवसको अवसरमा नेकपा निकट विद्यार्थी नेताहरुले गाउँमा पुगेर सेनेटरी प्याड वितरण गरेका छन् । अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सचिव क्षितिज सापकोटासहितको टोलीले पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा रहेको ध्रुव माविमा अध्ययनरत किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरेको हो ।



अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु पर्वतको संयुक्त आयोजनामा शैक्षिक जागरण अभियान तथा ५४ औं विद्यार्थी दिवसको अवसर पारि शैक्षिक तथा सेनेटरी प्याड वितरण गरिएको हो ।



अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव क्षितिज सापकोटाले  अझै पनि समाजमा महिनावारी भएको बेला छात्राहरूले विद्यालय छाड्नु पर्ने अवस्था रहेको भन्दै  त्यसको अन्त्यका लागि प्रगतिशिल विद्यार्थीहरुको संगठनले शैक्षिक जागरण अभियान अन्तरगत  शैक्षिक सामाग्री तथा सेनेटरी प्याड वितरण गरेको बताए । उनले विद्यार्थी दिवसको औचित्य र यसको इतिहास बारे पनि बताए ।



विद्यार्थी भनेको देशको आधार खम्बा भएका कारण सहि समयमा विद्यार्थी नेताहरुले गरेको निर्णयले नै देशको नेतृत्व गतल मार्गमा हिडेको अवस्थामा सहि मार्गमा आउने उनले बताए । उनले सबै विद्यार्थीहरु मिले मात्रै शैक्षिक अभियान र विद्यार्थी दिवस मनाउनुको सार्थकता रहने बताए । 



कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारी पर्वतका अध्यक्ष विजयप्रकाश सापकोटाले राज्यले निशुल्क रुपमा कण्डम वितरण गर्ने तर सेनेटरी प्याड वितरण नगरेको प्रति दुख व्यक्त गरे । उनले महानावरी महिलाहरुको लागि अनिवार्य रुपमा चल्ने प्रक्रिया भएको र यसमा ध्यान नदिदाँ रोगको जोखिम उत्तिकै बढ्ने भएका कारण बेलैमा सजग हुनुपर्ने बताए ।


पोखरा महानगरपालिका ईकाई अध्यक्ष विशाल तामाङ विद्यार्थीहरु एक जुट हुन सकेमा नै शैक्षिक क्षेत्रमा हुने गरेको अराजकतालाई अन्त्य गर्न सकिने बताए । उनले परिर्वतनका लागि परिर्वतनशिल विद्यार्थीहरु एक हुनुपर्ने बताए ।



अनेरास्ववियु पर्वतका तेज शर्मा को अध्यक्षतामा भएको कार्यक्रमको  संचालन लकास सुवेदीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ