२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकी नदीलाई धार्मिक रुपमा प्रचार गरौं –तिमिल्सिना

२ जेष्ठ २०७६, बिहीबार ०२:४५


राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कालिगण्डकी नदीको शिरदेखि तिरसम्म रहेका धार्मिक सम्पदालाई संरक्षण गर्दै थप विकास गर्नुपर्ने बताउनुभएको छ ।


पर्वतको कुश्मामा बुधबारदेखि सुरु भएको गुप्तेश्वर विराट कोटीहोम महायज्ञको उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले उत्तरमा दामोदर कुण्डदेखि दक्षिणको त्रिवेणीधामसम्म थुप्रै धार्मिक गन्तब्य रहेकाले योजना बनाएर विकास र प्रचार गर्नुपर्ने धारणा राख्नुभएको हो ।


‘कालिगण्डकी नदी किनार हुँदै उत्तरमा चीन र दक्षिणको भारतीय सीमासम्म जोडिने सडक निर्माण भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘सडक निर्माण भइसकेपछि भारतबाट आउने लाखौं धार्मिक पर्यटकले यो रुट प्रयोग गर्छन् । त्यसैले कालिगण्डकी किनार वरपर रहेका धार्मिक गन्तब्य थप विकास गरी प्रचार गर्नुपर्छ ।’


अध्यक्ष तिमिल्सिनाले पर्वतको कुश्मामा रहेको गुप्तेश्वर गुफालगायत धार्मिक गन्तब्यहरुमा पूर्वाधार विकास तथा प्रचार गर्ने उद्देश्यले आयोजित कोटीहोम महायज्ञले देश विदेशमा कालिगण्डकी किनार वरपर रहेका धार्मिक स्थलहरुको प्रचार गर्ने विश्वास व्यक्त गर्नुुभयो ।


उहाँले हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र मुक्तिनाथ यही नदीको किनारमा पर्ने भएकाले पनि सो क्षेत्र हुँदै दामोदर कुण्ड जान चाहने पर्यटकको संख्या बृद्धि हुने बताउनुभयो ।


विश्वमै शालिग्राम पाइने एक मात्रै नदी कालिगण्डकीको किनारमा पर्ने धार्मिक सम्पदाको संरक्षण तथा पूर्वाधार विकासमा सबै एकजुट हुन आग्रह गर्नुभयो ।


हिन्दुहरुका आराध्यदेव भगवान शिव र पार्वतीको विश्वमै सबैभन्दा अग्लो मूर्ति स्थापना गरि पर्वतलाई महत्वपूर्ण धार्मिक स्थल बनाउने उद्देश्यले कोटिहोम महायज्ञ आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य