2026-09-14 01:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकी नदीलाई धार्मिक रुपमा प्रचार गरौं –तिमिल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कालिगण्डकी नदीको शिरदेखि तिरसम्म रहेका धार्मिक सम्पदालाई संरक्षण गर्दै थप विकास गर्नुपर्ने बताउनुभएको छ ।

पर्वतको कुश्मामा बुधबारदेखि सुरु भएको गुप्तेश्वर विराट कोटीहोम महायज्ञको उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले उत्तरमा दामोदर कुण्डदेखि दक्षिणको त्रिवेणीधामसम्म थुप्रै धार्मिक गन्तब्य रहेकाले योजना बनाएर विकास र प्रचार गर्नुपर्ने धारणा राख्नुभएको हो ।

‘कालिगण्डकी नदी किनार हुँदै उत्तरमा चीन र दक्षिणको भारतीय सीमासम्म जोडिने सडक निर्माण भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘सडक निर्माण भइसकेपछि भारतबाट आउने लाखौं धार्मिक पर्यटकले यो रुट प्रयोग गर्छन् । त्यसैले कालिगण्डकी किनार वरपर रहेका धार्मिक गन्तब्य थप विकास गरी प्रचार गर्नुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले पर्वतको कुश्मामा रहेको गुप्तेश्वर गुफालगायत धार्मिक गन्तब्यहरुमा पूर्वाधार विकास तथा प्रचार गर्ने उद्देश्यले आयोजित कोटीहोम महायज्ञले देश विदेशमा कालिगण्डकी किनार वरपर रहेका धार्मिक स्थलहरुको प्रचार गर्ने विश्वास व्यक्त गर्नुुभयो ।

उहाँले हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र मुक्तिनाथ यही नदीको किनारमा पर्ने भएकाले पनि सो क्षेत्र हुँदै दामोदर कुण्ड जान चाहने पर्यटकको संख्या बृद्धि हुने बताउनुभयो ।

विश्वमै शालिग्राम पाइने एक मात्रै नदी कालिगण्डकीको किनारमा पर्ने धार्मिक सम्पदाको संरक्षण तथा पूर्वाधार विकासमा सबै एकजुट हुन आग्रह गर्नुभयो ।

हिन्दुहरुका आराध्यदेव भगवान शिव र पार्वतीको विश्वमै सबैभन्दा अग्लो मूर्ति स्थापना गरि पर्वतलाई महत्वपूर्ण धार्मिक स्थल बनाउने उद्देश्यले कोटिहोम महायज्ञ आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ