2026-09-04 12:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असार १५ देखि श्रम स्वीकृति लिन स्कील सर्टिफिकेट अनिवार्य हुँदै

जेठ २, काठमाडौं । वैदेशिक रोजगार विभागले आगामी असार १५ गतेदेखि रोजगारमुलक सीप नसिकेका कामदारलाई श्रम स्वीकृति रोक्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट गत बैशाख १६ गते स्वीकृत रोजगारमुलक सीप बिकास तालिम सञ्चालन कार्यविधि, २०७५ अनुसार विभागले आगामी असार १५ पछि वैदेशिक रोजगारमा जाने कामदारहरुका लागि सीपमूलक तालिम प्रमाण पत्र (स्किल सर्टिफिकेट) अनिवार्य गर्न लागेको हो ।

सीपमूलक तालिमलाई नियमित र व्यवस्थित गरी न्यूनतम सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने नेपाल सरकारको नीति रहेको भन्दै विभागले वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ क को उपनियम (२) ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाएको बताएको छ ।

सीपमूलक कामको लागि वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले श्रम स्वीकृति लिनु अघि तालिम प्रदायक संस्थाद्वारा दिइने सम्बन्धित विषयको तालिम लिएको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । कम्तीमा तीस कार्य दिन (कूल १६० घण्टा) को कोर्ष हुने तालिमका लागि प्रशिक्षार्थीहरूको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको बिद्युतीय हाजिरीको दैनिक अभिलेख राखी कडाई गरिने छ ।

तालिम सञ्चालनका संस्थापक वा एकजना संचालक कम्तिमा स्नातक तह वा सो सरह उत्तीर्ण भएको र सम्बन्धित तालिमको विषयमा कम्तीमा एक वर्ष अनुभव भएको हुनुपर्ने योग्यता पनि तोकिएको छ ।

सूचीकृत संस्थाले नियमावलीले तोके बमोजिमको धरौटी र अनुमति दस्तुर विभागमा बुझाउनुपर्नेछ । एउटा तालिम प्रदायक संस्थालाई एक स्थानीय तहमा बढिमा पाँचवटा विषयमा तालिम संचालनको लागि अनुमति दिईने छ ।

करीव १४ हजार शुल्क लिन पाउने संस्थाहरुले हाउस वायरिङ/इलेक्ट्रीसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेसन, स्टिल फिक्चर्स, हाउस किपिङ/क्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर र पलम्बिङ पदका सीपमूलक तालीम सञ्चालन गर्न पाउने छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै