२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा प्रसूति सेवा केन्द्र शुभारम्भ

४ जेष्ठ २०७६, शनिबार ०१:३९

जेठ ४, लमही  । दाङ तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बिजौरी स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । सुत्केरी महिलालाई स्थानीयस्तरमै सेवा प्रदान गर्न   उक्त केन्द्र निर्माण गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले बताउनुभयो ।प्रसूति हुनका लागि तुलसीपुर बजार नै आउनुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय स्तरमै प्रसूति सेवा केन्द्र सञ्चालन गरिएको र यसबाट  २४ सै घण्टा सेवा प्रदान  हालका लागि एक तालीम प्राप्त स्टाफनर्स पठाइसकेको उहाँको भनाइ थियो ।  

ऊक्त केन्द्र शुत्रबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्नुभएको थियो । योसँगै उपमहानगरपालिकाभित्र छ वटा प्रसूति सेवा केन्द्र सञ्चालनमा आएका छन् ।  चालू आर्थिक वर्षभित्र उक्त उपमहानगरपालिका–४ स्थित हलवार स्वास्थ्यचौकीमा पनि प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइने सो अवसरमा जानकारी दिइएको थियो  । यसैबीच तुलसीपुर–१९ स्थित बिजौरी स्वास्थ्यचौकीलाई  एक एम्बुलेन्स पनि प्रदान गरिएको छ । विकट क्षेत्रबाट सहजै बिरामीलाई अस्पताल ल्याउनका लागि उपमहानगरपालिकाले तीनवटा एम्बुलेन्स खरीद गरेकामा एउटा यसअघि नै वडा नं १ लाई हस्तान्तरण गरेको थियो भने शुक्रबार उपमहानगरप्रमुख पाण्डेले तुलसीपुर–१९ का वडाध्यक्ष रामबहादुर योगीलाई उक्त एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो