2026-09-14 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा रहेका विभिन्न स्थल प्रचारप्रसारको अभावमा ओझेलमा

पुरुषोत्तम सुवेदी | जेठ ४, नवलपरासी | बुद्धसँगसम्बन्धीत पश्चिम नवलपरासीमा रहेका विभिन्न स्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । पश्चिम नवलपरासीको रामग्राम, सुनवल, बर्दघाट नगरपालिका र सरावल गाउँपालिका क्षेत्रमा बुद्धकालीन स्थल रहेका छन् ।

आज २५६३ औँ बुद्ध जयन्तीको अवसरमा सो क्षेत्रका स्थानीय तह र विभिन्न सङ्घ संस्थाले आआफ्नो हिसाबले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । पश्चिम नवलपरासीमा सबैभन्दा महत्वपूर्ण स्थल गौतमबुद्धको अष्तुधातु रहेको रामग्राम नगरपालिका–७ उजैनीमा रामग्राम स्तुप रहेको छ । यसैगरी रामग्राम नगरपालिका–१८ बन्जरियामा  गौतमबुद्धको मावलीस्थल पण्डितपुर रहेको छ । रामग्राम र पण्डितपुर दुवै स्थानमा कार्यक्रम आयोजना गरिएको रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ता बताउनुहुन्छ । 

यसैगरी सुनवल नगरपालिका–७ तरगौलीमा बौद्धकालीन ताल रहेको छ । बर्दघाट नगरपालिकाको जहदामा पनि बुद्धकालीन ताल छ । त्यसैगरी  सरावल गाउँपालिका–२ जावामा विश्वकै लोपोन्मुख दाबी गरिएको बौद्धकालीन कोलवृक्ष (रूख) रहेको छ । सो स्थलमा समेत बुद्धको मूर्ति स्थापनालगायतका कार्यक्रम आयोजना गरिएको सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।  

उजैनी बुद्धको अस्तुधातु रहेको विश्वकै एक मात्र स्थल मानिन्छ । यस स्थलमा वर्षौंअघि उत्खननको क्रममा विभिन्न बुद्धकालीन सामग्री फेला परेको थियो । पण्डितपुर गाउँमा गौतमबुद्धको मावलीस्थल रहेको मानिन्छ । यस ठाउँमा बुद्धकालीन इँटा, माटाका भाँडाकुँडालगायत विभिन्न भग्नावशेष भेटिएका छन् । रामग्राम र पण्डितपुर दुवै स्थलमा प्रदेश सरकारले विशेष महत्व दिएर विभिन्न कार्यक्रम आयोजना गर्नुपर्ने रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्याय बताउनुहुन्छ । 

यस्तै गौतमबुद्ध मावलीस्थल पण्डितपुर मावलीमा आउँदा तरगौलीमा रहेको  तालमा स्नान गर्ने गरेको मान्यता छ । तालसँगै एउटा पुरानो बौद्धकालीन मन्दिरसमेत रहेको छ । 

यसैगरी जावामा विश्वकै लोपोन्मुख दाबी गरिएको बौद्धकालीन कोलवृक्ष (रूख) रहेको छ । विश्वकै लोपोन्मुख यो प्रजातिको रूख यसै क्षेत्रमा सुरक्षित छ । यो वृक्ष बुद्धकालीन युगमा जडीबुटीका रूपमा प्रयोगमा ल्याइएको भन्ने कुरा बौद्धचर्या भन्ने पुस्तकमा उल्लेख गरिएको छ ।  कोलवृक्ष भएकै कारणले पनि ऐतिहासिक जावा कोटही मन्दिर गौतमबुद्धसँग सम्बन्धित रहेको क्षेत्र मानिन्छ ।  पश्चिम नवलपरासीमा रहेको रामग्राम स्तुप, पण्डितपुर, ताल र बौद्धकालीन कोलवृक्ष क्षेत्र लगायतको संरक्षण र प्रवर्द्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई भित्रयाएर आकर्षक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न सकिने सरोकारावालाहरुको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ