2026-09-13 06:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

स्वास्थ्य एकाइ खुल्दा स्थानीयवासी खुशी, ८९५ जनालाई नागरिकता बितरण

जेठ ४, डोटी | जिल्लाको शिखर नगरपालिका–१ सेरी गाउँमा स्वास्थ्य एकाइ कार्यालय स्थापना गरिएको छ । स्वास्थ्य एकाइ खुलेपछि स्वास्थ्य सेवा पाउन थालेपछि सो गाउँका स्थानीयवासी निकै खुशी भएका छन् । 

स्वास्थ्य सेवा सञ्चालनका लागि वडा कार्यालयले नयाँ भवन निर्माण गरेको छ । भौगोलिक विकटता र गाउँमै स्वास्थ्य संस्था नहुँदा नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएकाले आफूले स्वास्थ्य एकाइ कार्यालय खोल्न पहल गरी स्वास्थ्य सेवा दिलाएको वडाध्यक्ष खड्क शाहीले बताउनुभयो  । 

शिखर नगरपालिकाका विभिन्न वडामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना हुन थालेपछि धेरै नागरिकले राहत  पाउन थालेका छन् । करीब एक हजार जनसङ्ख्या रहेको उक्त गाउँमा दलित समुदायको बढी बाहुल्यता रहेको छ ।  

नागरिकता वितरण

जिल्लाको बडिकेदार गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती सेवा शिविरबाट ८९५ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । बडिकेदार गाउँपालिका र जिल्ला प्रशासन कार्यालय डोटीको सहकार्यमा बुधबारदेखि शुक्रबारसम्म सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमा नागरिकताको प्रमाणपत्र वितरण गरिएको बडिकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक पाण्डेयले बताउनुभयो । 

उहाँले भन्नुभयो, “जिल्ला सदरमुकाम पुगेर नागरिकता बनाउन नसकेकालाई शिविरले घरैमा नागरिकता दिएको छ, सबैले राम्रै सेवा पाए ।” उक्त शिविरमा ५०९ जना महिला, ३८६ जना पुरुष गरी कूल ८९५ जनाले नागरिकता लिएका छन् । 

सात सय ८५ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने स्वास्थ्य उपचार तथा परीक्षण, पशुसेवा, कृषि सेवासम्बन्धी परामर्श लिएको बडिकेदार गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनुभयो ।

 जनताको घर दैलोमा सरकारको उपस्थिति गराई जनतालाई सर्वसुलभ र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त शिविरमा ठूलो परिणाममा सेवाग्राहीले सेवा लिएको जिल्ला प्रशासन कार्यालय डोटीका सहायक प्रमुख जिल्ला अधिकारी एवं शिविर संयोजक टेकनारायण पौड्यालले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो समयमा ग्रामीण भेगमा सञ्चालन गरिएका पाँचवटा शिविरमध्ये सबैभन्दा बढी नागरिकता वितरण भएको बडिकेदारमा सञ्चालन गरिएको शिविरमा हो । जिल्लाको बोगटानफुड्सिल गाउँपालिकाबाट शुरु गरिएको शिविर सायल गाउँपालिका, जोरायल गाउँपालिका, आदर्श गाउँपालिकापछिको बडिकेदार गाउँपालिकामा सञ्चालन भएको थियो । अन्य स्थानीय तहसँगको समन्वयमा पनि जिल्लाका अन्य गाउँपालिकामा पनि शिविर सञ्चालन गर्न सकिने  प्रमुख अधिकारी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले