बजारमा उपभोग गर्नका लागि सम्बन्धित कम्पनीले निर्धार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बजारमा उपभोग गर्नका लागि सम्बन्धित कम्पनीले निर्धार"/>
2026-09-14 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

अनियन्त्रित बजारका कारण मानव स्वास्थ्यमा गम्भीर असर

जेठ ५, दैनिक उपभोग्य वस्तु अनुगमनको अभाव, बढी उत्पादन गर्ने र धेरै पैसा कमाउने मोहमा कृषकले तरकारी तथा फलफूलमा जथाभावी प्रयोग गर्ने विषादी तथा अनियन्त्रित बजारका कारण मानव स्थास्थ्यमा गम्भीर असर परेको छ ।

बजारमा उपभोग गर्नका लागि सम्बन्धित कम्पनीले निर्धारण गरेको उपभोग्य म्याद नाघेका खाद्य पदार्थ, कृषकले विषादी प्रयोग गरी उत्पादन गरेका तरकारी तथा फलफूललगायत विना मापदण्ड खुलारुपमा बजारमा बिक्री भइरहेका मासुजन्य पदार्थका कारण उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर परेको सरोकारवालाले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको ‘नसर्ने रोग र यी रोगबाट बच्ने उफाय’ विषयक अन्तरक्रिया कार्यत्रममा सहभागी सरोकारवालाले अनियन्त्रित बजारका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको बताएका हुन् ।

स्वास्थ्य कार्यालयका प्रमुख भीम आचार्यले बजारमा उपभोग्य म्याद नाघेका दैनिक उपभोग्य वस्तु महङ्गो मूल्य तिरेर खान उपभोक्ता बाध्य भएको बताउँदै विशेषगरी खाने तेल, मैदा, पीठो, अण्डा, मासु, तरकारी, फलफूललगायतका चिजबाट नसर्ने रोग (जस्तै मुटुरोग, मधुमेह,उच्च रक्तचाप नसासम्बन्धी रोग) बढी मात्रामा देखिने गरेको बताउनुभयो । खानपानमा असावधानी, तनाव र व्यस्त दैनिकीका कारण सर्ने रोगको तुलनामा नसर्ने रोगबाट मानिस बढी पीडित हुन थालेका आचार्यको भनाइ थियो । त्यसैगरी बेनी नगरपालिका–६ का अध्यक्ष एवं नगरपालिकाका कृषि संयोजक कृष्ण बानियाँले खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुको अनुगमन र निरीक्षण नगरिँदा बजार अनियन्त्रित बन्दै गएको र त्यसको प्रत्यक्ष असर उपभोक्तामा पर्ने गरेको बताउनुभयो । 

नागरिक समाजका अध्यक्ष सुदर्शनकुमार श्रेष्ठले भन्नुभयो, ‘एक बिहान म घुम्न निस्कँदा कालीगण्डकी माथिको पुलबाट एक डोका बन्दाकोभी नदीमा फाल्दै गरेको देखेँ, मैले बन्दा नदीमा फाल्दै गरेका कृषकलाई सोधेँ, हैन यसरी फाल्नुभन्दा त घरमा लगेर गाईवस्तुलाई खुवाउँदा हुन्थ्यो नि, ती कृषकले भने, “गाईवस्तुलाई खुवाउनु हुँदैन, यसमा हामीले विषादी हालेर बजारमा बेच्न ल्याएका हौँ”, श्रेष्ठको यो भनाइ सुनेर कार्यक्रममा सहभागी सम्पूर्ण सरोकारवाला पेट मिचीमिची हाँसे । 

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले आफ्नो भनाइ राख्ने क्रममा उपभोक्ता र व्यापारी दुवै सचेत र इमानदार नहोउञ्जेलसम्म मानव स्वास्थ्यमाथिको यो खतरा टार्न नसकिने बताउनुभयो ।

कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घ र सरोकारवालाको सहयोग लिएर बजारलाई नियन्क्रित गर्ने र अखाद्य वस्तुहरु बित्री गर्ने व्यापारीलाई कारवाही गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ