२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुर : बस्तीमा खानेपानी पुगेन

२०७६, ५ जेष्ठ आईतवार ०५:५८

जेठ ५, कञ्चनपुर । (रासस) : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका स्थानीय बासिन्दाका घर नजिकै सार्वजनिक धारा बनाइएका छन् तर, स्थानीय बासिन्दाले अझै हातेपम्पकै आर्सेनिक र आइरनयुक्त पानी पिउनुपरेको छ ।

फुलेली खानेपानी आयोजना निर्माण भएको २४ वर्ष बितेको छ । आयोजना निर्माण भएपछि दुईपटक मर्मतसमेत भएको छ । अझै पनि धारामा पानी आइपुगेको छैन । आयोजनाको दुईपटक उद्घाटन गरिए पनि धारामा एक थोपा पानी पाउन नसकिएको स्थानीयवासी लक्ष्मीदत्त जोशीले बताउनुभयो ।

“खानेपानी आयोजना निर्माणपछि सहजरूपमा पानी पाउने आशामा थियौँ” उहाँले भन्नुभयो, “धारामा पानी नआउँदै उद्घाटन गरियो । पानीपछि आउँछ भन्थे, अहिलेसम्म आएको छैन ।” शुद्ध पेयजल उपलब्ध नहुँदा हातेपम्पको असुरक्षित पानी पिउनुपरेको उहाँले बताउनुभयो ।

 विसं २०५२ मा स्थापना भएको खानेपानी आयोजना निर्माणमा रु ८३ लाख रकम खर्च गरिएको थियो । धारापानीमा रहेको खानेपानीको बाँध बाढीले बगाएपछि पुनः रु ४० लाख खर्च गरेर गिठेमा बाँध बनाई पानी ल्याउने भन्दै कार्य अगाडि बढाइए पनि बस्तीसम्म पानी पुग्न सकेन । “खानेपानी आयोजना मर्मतका लागि वर्षेनी बजेट आउँछ भन्ने सुनिएको छ, त्यो कुन ठाउँमा खर्च हुन्छ थाहा हुँदैन”, स्थानीयवासी पवन हमालले भन्नुभयो ।

फुलेली चुरे नजिकैको ठाउँ भएकाले हातेपम्प गाड्नसमेत धेरै रकम खर्च गर्नुपर्दछ । आर्थिकरूपमा विपन्न परिवारले हातेपम्पसमेत गाड्न नसक्दा खानेपानीका लागि अरुकै भर पर्नुपर्ने बाध्यता छ । “खानेपानी आयोजनाका पाइप खेत भएर गाड्न थालेपछि निकै उत्साहित थियौँ”, स्थानीय बिजुलीदेवी धामीले भन्नुभयो, “घर नजिकै धारा बनाइँदा सहजरूपमा खानेपानी पाउने भयौँ भनेर खुशी थियौँ, धारा निर्माण भएको वर्षौं बितेपनि पानी नपाउँदा निराशा मात्रै हात लागेको छ ।” फुलेली खानेपानी आयोजना निर्माण समितिको म्यादसमेत धेरै अघिनै सकिएको छ ।

  वडाध्यक्ष बहादुरसिंह महराले मर्मतका लागि वर्षेनी आउने बजेटबारे आफूले पनि सोधखोज गरिरहेको बताउनुभयो । “मर्मतका लागि आएको बजेट दुरुपयोग भएको रहेछ भने कारवाही प्रक्रिया अगाडि बढाउन तत्पर छु”, उहाँले भन्नुभयो । यस्ता खानेपानी आयोजना भूस्खलन, बाढीलगायतका कार्यले बढी क्षति हुने भएकाले मर्मतका नाममा रकमको दुरुपयोग बढी हुने गरेकाले यसको विकल्पमा भूमिगत खानेपानी आयोजना निर्माणको काम अगाडि  बढाइएको उहाँले बताउनुभयो ।

“पिउने पानीको अभाव पूर्ति गर्न दुई खानेपानी आयोजना निर्माण कार्य अगाडि बढाइरहेका छौँ”, उहाँले भन्नुभयो, “केही वर्षभित्रै आयोजना निर्माणको कार्य पूरा गरी सर्वसाधारणलाई शुद्ध पानी उपलब्ध गराउँछौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ