२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

मौसम खराब भए बझाङ अध्यारो, निराशामा बझाङबासी

५ जेष्ठ २०७६, आईतवार ०८:१०

सम्राट सिंह | जेठ ५, बझाङ | केन्द्रिय प्रसारण लाइनको बिजुली आउला र जिल्ला नै झिलिमिली होला भन्ने आशमा रहेका बझाङबासीमा मौसम खराब भए जाने बिजुली देखेर निराशा छाएको छ ।

जिल्लामा गत कार्तिक २१ गतेबाट प्रसारणमा ल्याएको ३३ केभि राष्ट्रिय प्रसारण लाइनको विद्युत सामान्य मौसम खराब हुँदा समेत बन्द हुने भएपछि जिल्लाबासीहरुमा निराशा छाएको हो । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा बाट बझाङका लागि ल्याइएको ३३ केभी राष्ट्रिय प्रसारण लाइन सामान्य हावा तथा पानी लाग्दा समेत बन्द हुने भएकाले बझाङबासी अन्धकारमा बस्न बाध्य छन ।

अब त राष्ट्रिय प्रसारण लाइनको विद्युत आयो उज्यालो देख्न पाइने भो भन्ने आश लागेको थियो जयपृथ्वी नगरपालिकाका डबल खडकाले भने फेरी पटक– पटक बिग्रिने,विद्युत संञ्चालन भएनि पावर नआउने, आइहाले पनि ३÷४ दिनको एक दिन बत्ती आउने समस्याले गर्दा जनतामा निराशा छाएको छ 

। सामान्य हावाहुरी र पानी आउँदा समेत विद्युत अवरुद्घ हुने भएकाले जिल्लाका उद्योगी तथा व्यापारीहरु पत्यक्ष मर्कामा परेका छन । सरकारी कार्यालयमा विद्युत नहुँदा सेवाग्राहीहरुले अनेकौ समस्याहरु झेल्नु परेको छ । जनताले विद्युत नहुँदा झेल्नु परेका समस्याहरु बारे भने यहाँका सरोकारवालाहरु मौन छन । 

जिल्लाको सदरमुकाम चैनपुरमा नै ३/४ दिनको एक पटक विद्युत आउन्छ भने दुर – दराजका गाउँघरको अवस्था के होला जयपृथ्वी नगरपालिका १० का राजेन्द्र उपाध्याय ले भने यहाँका जन प्रतिनिधि तथा सम्पूर्ण सरोकारवालाहरुले पहल गरेर नियमित विद्युत प्रवाह गरी जनतालाई सेवा दिनुपर्छ । 

नेपाल विद्युत प्राधिकरणको बझाङ बितरण केन्द्रले जिल्लाको बागथलामा निर्माण हुन थालेको कालङगा हाइड्रो पावरलाई, सोही ठाउँका १ सय ५० घरधुरीलाई  र सदरमुकाम चैनपुरका ७ सय घरधुरीलाई लाई मात्र केन्द्रिय प्रसारण लाइनको विद्युत लाइन बितरण गरेको छ ।  

सव स्टेसन बिना १ सय १० किलोमिटर लामो दुरीबाट ल्याइएको प्रसारण लाइनमा पटक–पटक समस्या देखिने तथा पानी परेको बेला चट्याङले ३३ केभि पिन इन्सुलेटर पटकिने समस्याले गर्दा बत्ती बन्द हुने गरेको नेपाल विद्युत प्राधिकरण बझाङ बितरण केन्द्रका प्रमुख राकेश प्रसाद भट्टले बताए ।  जिल्लाको बागथला तथा चैनपुरमा सव स्टेसनहरु निर्माण हुने कार्य भइ रहेकोले केहि महिना भित्र बत्ती जाने समस्याबाट छुटकारा पाउने उनको भनाइ छ । 

राष्ट्रिय प्रसारण लाइन जिल्लामा आउनुभन्दा पहिला सुर्मा देवी विद्युत प्रालिले सेवा दिदै आइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य