२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नुवाकोटको बट्टारको सङ्गमचोकमा रहेको २०० रोपनी बाँझै जग्गा खेतीयोग्य हुने

५ जेष्ठ २०७६, आईतवार ११:१५

जेठ ५, विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नं ४ स्थित बट्टारको सङ्गमचोकमा रहेको बाँझो जमीनलाई खेतीयोग्य बनाउने उद्देश्यले भूमिगत सिंचाइ डिभिजन कार्यालय धुलिखेलको आर्थिक तथा प्राविधिक सहयोग र विदुर–४ को समन्वयमा डिप बोरिङ सञ्चालनमा आएको छ ।  सङ्गमचोक, हावाघर, बसपार्कलगायत ठाउँमा रहेका खेतीयोग्य जमी पानीको अभावले बाँझै रहेको थिए ।  सोही जग्गालाई खेतीयोग्य बनाउने लक्ष्यका साथ करीब रु ८० लाखको लागतमा बोरिङ सञ्चालनमा आउन लागेको हो ।

हाल आयोजनामा करीब २० लाख खर्च भने भइसकेको  विदुर –४ का वडाध्यक्ष टलकमान श्रेष्ठले बताउनुभयो । “ हाम्रो यस ४ नम्बर वडामा पानीको दुःख थियो, पिउनलाई पनि पानी अभाव नै थियो भने अब खेतीपाती लगाउनलाई त सोच्नै सकिएन । त्यस समस्यालाई नै मध्यनजर गर्दै सिंचाइका लागि केन्द्रीय बजेटमार्फत भए पनि नागरिकलाई पानीको व्यवस्थापन गर्नु पहिलो प्राथमिकतामा  राखेर नै यो कामको थालनी गरेका हौँ ”, उहाँले भन्नुभयो । 

करीब दुई सय रोपनी जग्गा बाँझो रहेकामा अब आयोजनाको काम २०७६ को पहिलो चौमासिकमै  सकिने उद्देश्य भएको जनाइएको छ ।  वडा कार्यालय–४ का अनुसार आयोजनामा पानी जम्मा गर्ने ओभरहेड ट्यांकी स्थापना, पाइप लाइन विस्तारलगायत काम रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य