२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

घरमा कोही नभएको मौका पारी पन्ध्र तोला सुन चोरी गर्ने दुई युवा पक्राउ

६ जेष्ठ २०७६, सोमबार ०५:५१

 जेठ ६, पर्वत । दक्षिण पर्वतको पैँयु गाउँपालिका–६ स्थित चेतकुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न दुईलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पैँयु गाउँपालिका–६ बस्ने ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम राना रहेका छन् ।

उक्त घरको दराज तोडफोड गरी चोरी गरेको रानीहार एक थान, बटारे बाला एक थान, छापे औँठी एक थान, चन्द्रमा एक थान, झुम्का दुई थान, विन्दिया एक थान, बेरुवा औँठी एक थान र सिक्री एक थान अभियुक्त नारायण आलेको घरको शौचालयमा लुकाइ राखेको अवस्थामा फेला परेको थियो । शुक्रबार चोरी गरेका अभियुक्तलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । 

मेरुदण्ड पक्षघात भएका गिरीलाई प्रवासीद्वारा रु दुई लाख सहयोग

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका मेरुदण्ड पक्षघातबाट पीडित युवालाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । बारीमा मकै छर्ने बेला गोरुले हानेर लडेपछि मेरुदण्ड पक्षघातबाट पीडित बनेका ३२ वर्षीय माधव गिरीलाई अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले रु दुई लाख १० हजार आर्थिक सहयोग गरेका हुन् । 

पर्वत र छिमेकी जिल्लाबाट अमेरिका पुगेका प्रवासीसँग सङ्कलन गरिएको रकम जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले पीडित गिरीको घरमा नै पुगेर हस्तान्तरण गर्नुभएको हो । उक्त रकम खुर्कोटबाट वैदेशिक रोजगारका लागि अमेरिका पुगेका कुमार केसीको पहलमा सङ्कलन गरिएको थियो । केसीको पहलमा करीब ३० जनाले २५ देखि १२० डलरसम्म सहयोग गरी एक हजार ९०० अमेरिकी डलर सङ्कलन गरी पठाएका थिए ।

गिरीले ज्याला मजदूरी गरी पाँच जनाको परिवार पाल्दै आएका थिए । गिरीको उपचारमा मात्रै रु पाँच लाखभन्दा बढी खर्च भएको स्थानीय समाजसेवी शेषराज रेग्मीले बताउनुभयो ।

उपचारपश्चात् ज्यान बचे पनि उहाँको घाँटीभन्दा तलको कुनै पनि शरीरको भाग स्वचलित छैन ।  चौबीसैँ घण्टा ओछ्यानमा थलिएका गिरीको एक श्रीमती, दुई छोरी र छोरा छन् । दुर्घटनापछि श्रीमती पार्वती चौबीसैँ घण्टा श्रीमान्को सेवामा खटिनुपर्ने अवस्था आएपछि छोराछोरीको पढाइ, उपचारमा लागेको ऋण तिर्ने र बिहान–बेलुकाको छाक जुटाउने चिन्ता भएको श्रीमती पार्वती गिरी बताउनुहुन्छ ।

करीब चार वर्ष विदेशमा बिताएका गिरी ०७२ माघमा घर फर्किनुभएको थियो । कतार, साउदी र ओमनलगायत थुप्रै देशमा गए पनि अपेक्षित पारिश्रमिक नपाएपछि परिवारसँगै बसेर गाउँमै उद्यम गर्ने अभिलाषाका साथ घर फर्किनुभएका गिरी घर फर्किएको दुई महीनामा नै दुर्घटनामा पर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य