Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नुवाकोटमा मौरी व्यवसाय गर्ने किसानलाई मौरीको घार वितरण

By साझासवाल 3 मिनेट पढाइ

<p><b>जेठ ६, विदुर ।</b> विदुर नगरपालिकाले नगरका मौरी व्यवसाय गर्ने किसानलाई&nbsp; आज मौरीको एक सय नौ घार वितरण गरेको छ । नगरपालिकाका १३ वटा वडामध्ये २, १० र ११ का किसानलाई कृषि अनुदान&nbsp; ५० प्रतिशतमा घार वितरण गरेको हो ।&nbsp; उपप्रमुख गीता दाहालले नगरपालिकाले किसानलाई मौरीको घार र उन्नत जातका मौरी पनि संँगै दिएको जानकारी दिनुभयो । “किसानहरुलाई व्यावसायिक बनाउन पनि यस्ता कार्यक्रमको आवश्यकता रहेको थियो,&nbsp; उहाँले भन्नुभयो, “यसरी स्थानीयतहले किसानहरुलाई सहयोग गर्दा कृषि व्यवसायमा आकर्षण बढ्ने छ, युवाहरुको अझ बढी चासो हुनेछ भन्ने हामीले विश्वास पनि लिएका छौँ ।”<br></p><p>&nbsp;सो कार्यालयले मौरीको घारसहित उन्नत जातका मौरी,&nbsp; मौरीको टोकाइबाट बच्न लगाइने मौरीटोपी, पञ्जा र पाइलट प्रोजेक्टर पनि वितरण गरेको&nbsp; वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले बताउनुभयो । शर्माले भन्नुभयो, “ मौरीपालन गर्ने किसानहरुका लागि नगरपालिकाले अनुदान मात्र दिएर हुँदैन, थप तालीमको आवश्यकता रहेको छ । हामी तालीमको पनि चाँडै व्यवस्थापन गर्नेछौँ ।” शर्माका अनुसार किसानका लागि मौरीबाट उत्पादित महको बजार व्यवस्थापन गर्न पनि नगरपालिकाले सहयोग गर्नेछ । किसानलाई ५० प्रतिशत छुट गरी रु १२ हजार चार सयमा मौरी र घार दिइएको उहाँले जानकारी दिनुभयो&nbsp; । रासस</p>