Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विराट महायज्ञको छैठौ दिन एकै व्यक्तिले गरे ५१ लाख दान

२०७६, ६ जेष्ठ सोमबार १४:३६

जेठ १ देखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको आज छैठौ दिन भक्तजनहरुको उल्लेख्य सहभागिता भएको छ । कूश्मा नगरपालिका वडा नं ४ गुप्तेश्रर परिसरमा संचालन भएको यज्ञको छैठौ दिन कूश्मा नगरपालिका वडा नं. ४ निवासी हरीगोविन्द कर्मचार्यका परिवारले १ रोपनी जग्गा दान गरेका छन् । ५० लाख पर्ने जग्गा कुश्मा नगरपालिका वडा नं. ४ मा पर्ने होमन कुण्ड चलिरहेको जग्गा दान गरेका हून ।

उनका छोरा सागर कर्मचार्यको नाममा रहेको उक्त जग्गा आज दान गरेका हून । छोराहरु सागर कर्माचार्य,नविन कर्माचार्य र गया कर्माचार्य लगायतका कर्माचार्य परिवार यज्ञस्थलमा गई आशिरवाद ग्रहण गरेका थिए । यज्ञस्थलमा रहेको जग्गा समेत उनले यज्ञ संचालनका लागी सहयोग गरेका थिए ।

फराकिलो मनका धनी कर्मचार्य परिवारले पर्वत जिल्लाको सदमूकाम कूश्मामा विश्वकैे अग्लो शिवपार्वतीको मूर्र्ति वन्ने भएकाले त्यो अवसरका लागी जग्गा दान गरेको छोरा सागर कर्माचार्यले वताउनू भयो ।

कर्माचार्य परिवारलाई वाजा गाजा सहित यज्ञस्थल परिक्रमा गराईएको थियो । विराट महायज्ञ मूल आयोजक समितिका संयोज पृथ्वी नारायण शर्माले दयालू मनका धनी कर्मचार्य परिवारले होमन कुण्ड संचालन भएकै जग्गा दान गरेकोमा वधाई दिदै धन्यवाद व्यक्त गर्नुभयो । यस्तै मनकारी दानविर भएमा सिस महल देखि सत्सड भवन वन्नमा थप सहयोग पूग्ने विराट महायज्ञका महासचिव अच्यूत तिवारीले वताउनू भयो ।

त्यसै गरि शिव कूमार जोशीले १०८ के जि.को घण्टा दान गरेको उद्योग वाणिज्य संघका अध्यक्ष तथा विराट महायज्ञका वरिष्ठ उपाध्यक्ष केदारनाथ शर्माले जानकारी दिनू भयो । विराट महायज्ञ आगामी जेठ ११ गते सम्म संचालन हूनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ