२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारी खोज्दै वैशाखमा मात्रै ४८ हजार युवा विदेशिए, सरकारको बेरोजगार लक्षित कार्यक्रम खै ?

७ जेष्ठ २०७६, मंगलवार ०४:०१

जेष्ठ ७, काठमाडौं । सरकारले बेरोजगार लक्षित विभिन्न कार्यक्रम संचालन गरेपनि नेपालीहरु बैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन । कामको खोजीमा वैशाख महिनामा मात्रै ४८ हजार युवा अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । 

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको वैशाख महिनाको तंथ्याक अनुसार संस्थागत,व्यक्तिगत, पुन: श्रम स्वीकृति र वैधानिकरण गरी ४८ हजार ७ सय ५६ जना रोजगारीको खोजीमा विदेशिएका छन् ।वैशाख महिनामा संस्थागत श्रम स्वीकृति लिएर १८ हजार ५ सय ८९ पुरुष र १ हजार ६ सय ७ महिला गरि २० हजार १ सय ९६ जना वैदेशिक रोजगारीका लागि २२ वटा देश गएको विभागले जनाएको छ । यो अवधिमा २५ हजार १ सय ३७ पुरुष र ९ सय ९२ महिला गरि २६ हजार ९९ जना व्यक्तिगत पुन श्रम स्वीकृति लिएर विदेशिएको विभागले जनाएको छ ।

त्यस्तै गरि ४१ देशका लागि ५ सय ८८ पुरुष र १ सय ६६ महिला गरि ७ सय ५४ जनाले व्यक्तिगत तर्फ नयाँ श्रम स्वीकृति लिएका छन् । वैधानिकरण मार्फत ५३ देशका लागि १५ सय ६४ पुरुष र १ सय ४३ महिला गरि १७ सय ७ जनाले श्रम स्वीकृति लिएका विभागले जनाएको छ ।

कामदारको पहिलो रोजाई कतार, दोश्रोमा साउदी अरव 

विदेशिने युवाहरुको प्रमुख रोजाइमा कतार पहिलो स्थानमा परेको छ। रोजगारीकै खोजीमा नयाँ तथा पुनः श्रम स्विकृति लिएर १४ हजार २ सय ४७ युवाहरु कतार पुगेका हुन्। अघिल्ला वर्षहरुमा युवाहरुको प्रमुख गन्तव्य मुलुकका रुपमा मलेसिया रहँदै आएको थियो । तर सरकारले २०७५ जेठ २ गतेदेखि मलेसिया रोजगारी बन्द गरेसँगै कतारतर्फ युवाहरुको आकर्षण देखिएको हो । 

कतारपछि नेपाली युवाहरुको दोश्रो रोजाइमा साउदी अरब परेको छ। साउदीमा बैशाख महिनामा मात्रै ११ हजार ९ सय ७२ जना गएका छन् भने तेश्रोमा युएई परेको छ ।  युएई जाने कामदारको संख्या १० हजार २ सय ४० रहेको छ। 

५९ प्रतिशत अदक्ष कामदार

वैशाख महिनामा विदेशिएका ५९ प्रतिशत कामदारहरु अदक्ष रहेका विभागले जनाएको छ। ४८ हजार विदेशिएकामा २८ हजार ५ सय ५० अदक्ष कामदार छन्। सम्बन्धित काम बारे सिप नहुँदा अदक्ष कामदारहरुले निम्न स्तरको काम गर्दै आएका छन् जसका कारण तलब समेत कम पाउने गर्दछन् । विभागको रेकर्ड अनुसार १६ हजार मात्रै दक्ष कामदारहरु विदेशिएका छन् भने ३ हजार ६ सय २२ कामदारहरु अर्धदक्ष रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान