२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बागलुङ: दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण

२०७६, ७ जेष्ठ मंगलवार ०६:५८

जेठ ७, गलकोट । बागलुङको दक्षिण जैमिनी र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ ।

 व्यापारका लागि बागलुङको दक्षिण भेगवासीको बढी आउजाउ हुने फलेवास क्षेत्रलाई जोड्ने गरी पुल निर्माण गरिएको हो । फलेवास नगरपालिका–४ देवीस्थान र जैमिनी नगरपालिका–५ बिनामार मिरिङ्गे जोड्ने गरी ३१८ मिटर लामो पुल निर्माण सम्पन्न गरिएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँका इञ्जिनीयर सागरराम नेपालले जानकारी दिनुभयो । 

रु एक करोड ५२ लाख ५५ हजार लागतमा डेढ वर्ष अगाडि निर्माण शुरु गरिएको उक्त पुल तोकिएको समयमै सम्पन्न भएको ठेकेदार कम्पनी सिभाको÷विएलटी जेभीका सञ्चालक तीर्खाराम खड्काले जानकारी दिनुभयो । 

पुल निर्माणपछि पर्वतको व्यापारिक केन्द्र फलेवास बजार र राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरलाई जोडिएको छ । बागलुङको दक्षिण जैमिनी तथा बरेङ गाउँपालिकाका धेरै गाउँको प्रमुख व्यापारिक केन्द्र फलेवास भएकाले त्यहाँसम्म पुग्नका लागि स्थानीयवासीलाई सहज भएको बिनामारेका स्थानीयवासी विजय पौडेलले बताउनुभयो ।

जैमिनी क्षेत्र तथा फलेवास क्षेत्र नगदेवाली तथा फलफूल खेतीको पकेट क्षेत्र भएकाले त्यसको बजारीकरणमा समेत पुलले राम्रो प्रभाव पार्ने स्थानीयको विश्वास छ । “बागलुङका जैदी, छिस्ती र बिनामारे तथा पर्वतको देवीस्थान, मुडीकुवा, कर्घालगायतका क्षेत्र फलफूल एवं तरकारीको बीउ उत्पादनका लागि प्रख्यात भएकाले त्यहाँको उत्पादनलाई बजारसम्म ल्याउन पुलले ठूलो महत्व दिन्छ” स्थानीयवासी पौडेलले भन्नुभयो ।

बागलुङ र पर्वतलाई जोड्ने लामो झुलुङ्गे पुलमा विनामारे–फलेवास दोस्रो हो । यसअघि कुश्मा–बलेवा जोड्ने झुलुङ्गे पुल निर्माण भएको थियो भने नेपालकै लामो पाङ अदुवाबारी हुँदै बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने (५६७ मिटर) पुल निर्माणाधीन छ । निर्माण सम्पन्न भएको उक्त पुलमा एकै पटक ६०० देखि ७०० मानिस धान्ने क्षमता रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा