२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बागलुङ: दुई जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माण

७ जेष्ठ २०७६, मंगलवार ०६:५८

जेठ ७, गलकोट । बागलुङको दक्षिण जैमिनी र पर्वतको फलेवास जोड्ने गरी कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ ।

 व्यापारका लागि बागलुङको दक्षिण भेगवासीको बढी आउजाउ हुने फलेवास क्षेत्रलाई जोड्ने गरी पुल निर्माण गरिएको हो । फलेवास नगरपालिका–४ देवीस्थान र जैमिनी नगरपालिका–५ बिनामार मिरिङ्गे जोड्ने गरी ३१८ मिटर लामो पुल निर्माण सम्पन्न गरिएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँका इञ्जिनीयर सागरराम नेपालले जानकारी दिनुभयो । 

रु एक करोड ५२ लाख ५५ हजार लागतमा डेढ वर्ष अगाडि निर्माण शुरु गरिएको उक्त पुल तोकिएको समयमै सम्पन्न भएको ठेकेदार कम्पनी सिभाको÷विएलटी जेभीका सञ्चालक तीर्खाराम खड्काले जानकारी दिनुभयो । 

पुल निर्माणपछि पर्वतको व्यापारिक केन्द्र फलेवास बजार र राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरलाई जोडिएको छ । बागलुङको दक्षिण जैमिनी तथा बरेङ गाउँपालिकाका धेरै गाउँको प्रमुख व्यापारिक केन्द्र फलेवास भएकाले त्यहाँसम्म पुग्नका लागि स्थानीयवासीलाई सहज भएको बिनामारेका स्थानीयवासी विजय पौडेलले बताउनुभयो ।

जैमिनी क्षेत्र तथा फलेवास क्षेत्र नगदेवाली तथा फलफूल खेतीको पकेट क्षेत्र भएकाले त्यसको बजारीकरणमा समेत पुलले राम्रो प्रभाव पार्ने स्थानीयको विश्वास छ । “बागलुङका जैदी, छिस्ती र बिनामारे तथा पर्वतको देवीस्थान, मुडीकुवा, कर्घालगायतका क्षेत्र फलफूल एवं तरकारीको बीउ उत्पादनका लागि प्रख्यात भएकाले त्यहाँको उत्पादनलाई बजारसम्म ल्याउन पुलले ठूलो महत्व दिन्छ” स्थानीयवासी पौडेलले भन्नुभयो ।

बागलुङ र पर्वतलाई जोड्ने लामो झुलुङ्गे पुलमा विनामारे–फलेवास दोस्रो हो । यसअघि कुश्मा–बलेवा जोड्ने झुलुङ्गे पुल निर्माण भएको थियो भने नेपालकै लामो पाङ अदुवाबारी हुँदै बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने (५६७ मिटर) पुल निर्माणाधीन छ । निर्माण सम्पन्न भएको उक्त पुलमा एकै पटक ६०० देखि ७०० मानिस धान्ने क्षमता रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य