2026-09-14 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ : शैक्षिक महोत्सवमा डेढ करोड सङ्कलन

जेठ ७, गलकोट । जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश नुन्थला माध्यमिक विद्यालयले सञ्चालन गरेको शैक्षिक महोत्सवमा रु एक करोड ७२ लाख रकम सङ्कलन गरिएको छ । 

विद्यालयको शैक्षिक उन्नयनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले गत वैशाख ३१ देखि जेठ ४ गतेसम्म सञ्चालन गरिएको शैक्षिक महोत्सवमा नगद र निःशुल्क प्राप्त भएको जग्गाको मूल्यसमेत जोड्दा रु एक करोड ७२ लाख सङ्कलन भएको विद्यालयले जनाएको छ । 

विद्यालयले कक्षा ११ र १२ मा सिटिभिटीबाट सम्बन्धन प्राप्त अमिन, कृषि तथा भेटेनरी र पूर्णप्रविधि मैत्री विद्यालय बनाउनका लागि शैक्षिक महोत्सवको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले बताउनुभयो । “विद्यालयमा हाल ११ र १२ मा शिक्षा सङ्काय मात्र सञ्चालनमा छ, यसै वर्षदेखि  व्यवस्थापन सङ्कायसमेत थप्नेछौँ”, प्रअ थापाले भन्नुभयो, “विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरका लागि शैक्षिक महोत्सव कोसेढुङ्गा सावित हुनेछ ।” 

शैक्षिक सुधारको योजाना ल्याएपछि विद्यालयको शैक्षिक गुणस्तरमा क्रमश सुधार आएको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताउनुभयो । सो विद्यालयमा ४३७ विद्यार्थी अध्ययनरत् रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ