२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुरमा माटोको ६०० नमूना परीक्षण

२०७६, ७ जेष्ठ मंगलवार ०८:५६

जेठ  ७, कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिकामा माटोको ६०० नमूना परीक्षण गरिएको छ । माटोका नमूना परीक्षण अभियानअन्तर्गत भीमदत्त नगरपालिकाद्वारा सञ्चालित ‘घुम्ती माटो परीक्षण शिविर’ कार्यक्रममा १६ वटै वडाका विभिन्न स्थानका माटोको ६०० नमूना परीक्षण गरिएको हो । 

माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरको सहयोगमा भीमदत्त नगरपालिका तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइअन्तर्गत धान जोन इकाइद्वारा सञ्चालित शिविरमा सङ्कलन गरिएको माटोका नमूना परीक्षण गर्दा अधिकांशमा प्राङ्गारिक पदार्थको कमी, अम्लीयपन र क्षारियपनलगायत अधिक देखिएको छ । 

कुनै नमूनामा फोस्फोरसको मात्रा अधिक र कुनैमा पोटास र नाइट्रोजनको मात्रामा कमी देखिएको त्यसमा संलग्न प्राविधिकहरुले बताउनुभयो । 

कस्तो माटोमा कुन खेती उपयुक्त हुन्छ । माटोको खाद्य शक्ति बढाउन के गर्नुपर्छ । उत्पादन कसरी बढाउन सकिन्छ लगायतका कुरामा किसानलाई सचेतना दिन नगरपालिकाले माटो परीक्षणको कार्य अगाडि बढाएको नगरप्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । 

“शिविरबाट किसानलाई माटो परीक्षणसम्बन्धी सचेतना बढ्ने र माटोको खाद्य शक्ति सुधार भई बढी उत्पादन भएर त्यसबाट राम्रो लाभ लिन सक्ने विश्वास लिएका छौ”, उहाँले भन्नुभयो । माटो तथा मल परीक्षण केन्द्रका वरिष्ठ माटो विज्ञ रामदरार यादवले माटो परीक्षणप्रति किसान सचेत हुन नसकिएको अवस्थामा यो कार्यक्रमले सचेतना अभिवृद्धिमा टेवा पु¥याउने बताउनुभयो ।

“अधिकांश ठाउँको माटोमा प्राङ्गारिक पदार्थ कम देखिएको छ”, उहाँले भन्नु्भयो, “हरियो मल, कुखुराको सुली, झारपात लगायतका प्राङ्गारिक पदार्थ प्रयोग गरी यसमा सुधार गर्न सकिन्छ ।”

वडा नं ६ बाट सङ्कलन गरिएको माटोको नमूना परीक्षण गर्दा फोस्फोरसको मात्रा बढी देखिएको छ भने वडा नं ३ मा यो कम देखिएको छ । डिएपी मलको अत्यधिक प्रयोगले फोस्फोरसको मात्रा बढी देखिएको हो । त्यस्तै पोटास र नाइट्रोजनको मात्रा पनि कम पाइएको माटो विज्ञ यावदले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा