२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईद्वारा ‘असाधारण प्रतिभा’ र लगानीकर्तालाई ‘गोल्डेन भिषा’ कार्यक्रमको घोषणा

७ जेष्ठ २०७६, मंगलवार १७:१०

 जेठ ७,  दुबई । लगानीकर्ता तथा ‘असाधारण प्रतिभा’ भएका व्यक्तिलाई संयुक्त अरब इमिरेट्स (यूएई) ले असाधारण प्रतिभा भएका तथा आफ्नो देशमा आर्थिक लगानी गर्न चाहने लगानीकर्तालाई लक्षित गरी सुनौलो (गोल्डेन) भिषा कार्यक्रम ल्याएको छ ।

उक्त स्थायी बसोबास योजनाले धनी तथा उच्च दक्षता र सीप भएका व्यक्तिलाई तेलका लागि धनी मनिने यस खाडी मुलुकको समृद्धिका लागि योगदान गर्ने विश्वासका साथ गोल्डेन भिषा कार्यक्रमको शुरूवात गरेको अधिकारीहरूले बताएका छन् ।

“गोल्डेन कार्ड कार्यक्रम डाक्टर, इन्जिनियर्स, वैज्ञानिक तथा कलाकारजस्ता ‘असाधारण प्रतिभा’ प्रदान गर्ने  प्रस्ताव गरिएको हो,” यूएर्यका प्रधानमन्त्री शेख मोहम्मद विन ससिद अल माक्टौमले बताउनुभयो ।

उहाँद्वार जारी एक विज्ञप्तिमा भनिएको छ, “हामीले हाम्रो मुलुकको विकासको यात्रामा स्थायी साझेदार चाहेका छौँ । नयाँ बासिन्दा हाम्रो मुलुकका लागि अपरिहार्य अङ्ग हुनेछन् ।”

उक्त खाडी मुलुकले पहिलो समूहमा २७ अर्ब अमेरिकी डलर बराबर ९एक खर्ब दिराम० बराबर लगानी गर्ने छ हजार ८०० लगानीकर्तालाई स्थायी बसोबासको व्यवस्था गर्ने प्रधानमन्त्रीले बताउनुभयो ।

यो खाडी मुलुकमा विदेशीका लागि पहिलो आकर्षक योजना हो । खासगरी खाडी क्षेत्रमा बसोबास गर्न र लगानी गर्न चाहने विदेशीलाई सिमित अवधिको बसोबासको व्यवस्था भएको ‘काफला’ प्रायोजन कार्यक्रम दिइँदै आएको थियो ।

पछिल्ला बर्षहरूमा तीब्र आर्थिक विकास गरेको अरब क्षेत्रको दोस्रो ठूलो अर्थतन्त्रमा करिब ९० लाख जनसङ्ख्या रहेको यहाँ उल्ेख्य सङ्ख्यामा विदेशी लगानीकर्ता र कामदार पनि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य