पढ्न करिब 1 मिनेट लाग्छ

जेठ ८, नवलपरासी । गएराति नवलपरासीमा असिना पानीसहित आएको हावाहुरीले दर्जनौं घरहरुमा क्षति पुर्याएको छ । हावा हुरीको बढी असर देवचुली नगरपालिकामा परेको छ । उक्त हावाहुरीबाट घरहरुमा क्षति पुर्याए पनि मानवीय क्षति भने भएको छैन ।

हुरीले दर्जनौं घरमा क्षति पुगे पनि हुरीले पुर्याएको क्षतिको यकिन तथ्यांक आइनसकेको प्रहरीले जनाएकाे छ । हुरीले ठाउँठाउँमा बिजुलीको पोल, रुख ढालिदिएको छ । यसले विद्यत् तथा सवारी आवागमन प्रभावित भएको छ । हुरीले देवचुली आधारभूत विद्यालय र भीमसेन माविलगायत केही विद्यालयको छानो पनि हावाले उडाइदिएको छ ।

हुरीसँगै आएको असिना पानीले किसानका तरकारीलगायतका बालीमा पनि नोक्सानी पुगेको छ ।

हावाहुरीको असर देवचुली नगरपालिकाकाे ६, ७, ८, ९, ११, १२ र १४ वडामा परेको छ । सबैभन्दा बढी असर वडा नं. ७ मा देखिएकाे छ ।