२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा बढ्दो गर्मीले जनजीवन कष्टकर

८ जेष्ठ २०७६, बुधबार ०८:५३

 जेठ ८, बर्दिवास । लगातार बढिरहेको गर्मीले महोत्तरीसहित तराईको जनजीवन अत्यन्त कष्टकर बनेको छ । जेठ शुरु भएसँगै बढेको अचाक्ली गर्मीले यहाँको जनजीवन कष्टकर बनेको हो ।

 बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तको बेलासम्म एक टङ्कारको चर्को घाम लाग्नाले हिँडडुल गर्नेको सङ्ख्या निकै घटेको छ । मुख्य सडक र बाटो छेउका छायाँदार रुख सडक विस्तारका नाममा मासिँदा सियाँल बस्ने ठाउँ पाउन छाडिएको बटुवा बताउँछन् ।

चर्को घामको रापले बन्द व्यापार, बजार चहलपहल र कार्यालयमा सेवा लिन पुग्ने निकै घटेका छन् । दैनिक दुई÷तीन सयको हाराहारीमा सेवाग्राही आउने गरेकामा अहिले यो सङ्ख्या १०÷१५ मा झरेको बर्दिवास खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका व्यवस्थापक विदुर भट्टराई बताउनुहुन्छ ।

प्रचण्ड गर्मी बढेसँगै महोत्तरीको बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा खानेपानीका मुहान धमाधम सुक्दै जाँदा खानेपानीको सङ्कट समेत बढेको छ । जेठ लागेयता मात्रै आफ्नो बस्तीका १५ इनार स्याप्पै सुकिसकेका बर्दिवास–९ पशुपतिनगरका सामाजिक कार्यकर्ता अमृत महतोले बताउनुभयो ।

बर्दिवासमा आज बिहान सूर्योदयकै बेला तापक्रम ४० डिग्री सेल्सियस देखाइएको छ । बर्दिवासको भोला वसन्त चोकस्थित प्रहरी बिटमा राखिएको विद्युतीय मौसमी पात्रोले हिजो मङ्गलबार दिउँसो ३ बजे यहाँको तापक्रम ४२ डिग्री सेल्सियस देखाएको थियो ।

जेठ लागेयता पानी नपरेर लगातार घामको राप बढ्दै गएपछि स–साना रुख बिरुवा पहेँलिन थालेका छन् । लहरे तरकारीका विरुवा सुकेर खङ्रङ्ग हुँदै गएपछि किसान गुजाराको चिन्ताले पिरोलिन थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो