2026-09-14 01:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

विद्युत् प्राधिकरणलाई निःशुल्क जग्गा

जेठ ८ बागलुङ । नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित वितरण केन्द्रको शाखा कार्यालय भवन निर्माणका लागि गलकोट नगरपालिका–४ का एक व्यक्तिले निःशुल्क जग्गा प्रदान गर्नुभएको छ । स्थानीय चूडामणि शर्माले वडा नं २ नरेठाँटीमा रहेको झण्डै रु डेढ करोड बजारको दुई रोपनी जग्गा प्राधिकरणलाई प्रदान गर्नुभएको हो ।

उहाँले जग्गाको नामसारी दिई लालपुर्जा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुख कपिलराज पाण्डेलाई हस्तान्तरण गर्नुभयो । “शाखा कार्यालय बनाउन जग्गा अभाव भएपछि निःशुल्क दिने निर्णय लिएँ, समयमै भवन निर्माणको काम अघि बढ्ने विश्वास छ”, उहाँले भन्नुभयो । 

भवन निर्माणका लागि केन्द्रबाट बजेट व्यवस्थापनका लागि पहल गरिने केन्द्रका प्रमुख पाण्डेले बताउनुभयो । जग्गा व्यवस्थापनका लागि वडाध्यक्ष बलबहादुर खत्रीलगायतले पहल गर्नुभएको थियो । गलकोट नगरपालिका र आसपासका क्षेत्रमा विद्युत् प्राधिकरणको कुनै प्रशासनिक एकाइ नहुँदा हरेक कामका लागि सदरमुकाम आउनुपर्ने बाध्यता छ । शाखा कार्यालय स्थापना भएपछि प्राधिकरणको दैनिक सेवा प्रवाहदेखि अन्य सुविधा गाउँ तहसम्म विस्तार हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ