२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आएरल्याण्ड पठाइदिने भन्दै अग्रिम अशुलिएको ४ लाख फिर्ता

९ जेष्ठ २०७६, बिहीबार ०७:०४

जेठ ९, काठमाडौँ | बैदेशिक रोजगारीको लागि आएरल्याण्ड पठाउने भन्दै ८ महिना अघि ४ जना युवासँग अग्रिम अशुली भएको चार लाख रकम पिडितहरुले फिर्ता पाउने भएका भएका छन् ।

काठमाडौँस्थित एक म्यानपावर कम्पनिमा एचआर म्यानेजरका रुपमा कार्यरत सुजन तामाङले ८ महिना अघि सर्लाही कविलाशीका ४ युवाहरु जयकिशोर महतो, मदन कुमार यादव, सुजित कुमार र अजय कुमार यादवलाई आएरल्याण्ड पठाइदिने भन्दै जनही १/१ लाख रकम अशुली गरेका थिए । पिडितहरुले बताए अनुसार आएरल्याण्डको लागि प्रति व्यक्ति १३ लाख लाग्ने भन्दै अग्रिम १/१ लाख मागेपछि उनीहरुले बैदेशिक रोजगारी प्रयोजन खुलाई गत असोज १६ गते सिभिल बैंकमार्फत ४ लाख डिपोजिट गरेका थिए । 


बैदेशिक रोजगारीमा जाने आशामा अग्रिम १/१ लाख र पासपोर्ट समेत बुझाएर बसेका उनीहरुलाई ८ महिनासम्म पनि बैदेशिक रोजगारीमा पठाउन नसकेपछि पिडितहरुले पासपोर्ट र पैसा फिर्ता दिन आग्रह गरे तर पिडितहरुलाई बिभिन्न बहाना बनाई झुलाएपछी पिडितहरुले प्रमाण सहित बैदेशिक रोजगार बिभागमा उजुरी दिए । उजुरी लगत्तै म्यानपावर संचालक बिभागमा तानिए । बिभागमा संचालकले आफ्नो म्यानपावरले आएरल्याण्ड पठाउने काम नगरेको तर म्यानपावरसँग आवद्ध कर्मचारीले संचालकहरुले समेत थाहा नदीई पैसा उठाएको बिभागमा आएर मात्र थाहा पाएको भन्दै पिडितहरुबाट उठाइएको रकम फिर्ता गरिदिने लिखित प्रतिवद्धता जनाए । 

लगत्तै बिभागको निर्देशनमा पिडितहरु २ जनाको जनही १/१ लाख रकम फिर्ता भयो भने बाँकी २ लाख आइतबार दिने सहमति भएको छ । पिडितहरुले ८ महिनासम्मको ब्याज दावी गरे पनि ब्याज भने नपाएको गुनाशो गरेका छन् । पिडितहरु मध्ये एक जय किशोर महतोले भने 'बैदेशिक रोजगारीमा जान पाउने आशामा ऋण मागेर ८ महिना अघि १/१ लाख बुझायौं, न विदेश जान पाइयो, नत ब्याजनै ! नमज्जाले ठगियौं सर ।' 

पिडितहरुका अनुसार बैदेशिक रोजगार बिभागबाटै पिडितहरुलाई ब्याज नलिन भनेपछि आफूहरुले बिना ब्याज १/१ लाख लिन बाध्य भएको गुनाशो गरेका छन् । पिडित महतोले भने 'गाउँमा यो पैसाको हामीले ब्याज तिर्नुपर्छ, पुरा ब्याज दिन नसकेपनि आधा मात्र भने पनि दिनु न भन्दा पनि मानेनन् । सम्बन्धित निकायले समेत ब्याज दिने कुरामा ध्यानाकर्षण नगरेपछि बाध्य भएर सावा मात्र लियौं ।' 

साझा सबाल मिडियाले पिडितहरुसँग ४ लाख अशुली गरेर ८ महिनासम्म झुलाई सावा मात्र फिर्ता दिएको पिडितहरुले गुनाशो गरेपछि म्यानपावरका संचालकहरुलाई यस बिषयमा ध्यानाकर्षण गराउँदा म्यानपावर संचालकले ब्याज दिने बिषयमा पिडित बनाउने सुजन कुमार तामाङसँग कुरा गर्ने बताए । 

साझा सबाल मिडियाले आएरल्याण्ड पठाउने भन्दै पिडितहरुसँग पैसा अशुली गरेका सुजन तामाङसँग जानकारी लिंदा उनले व्यक्तिगत श्रमस्वीकृतिमा आएरल्याण्ड पठाइदिन पैसा लिएर आफूले गल्ति गरेको स्वीकारेका छन् । तामाङले म्यानपावर भीत्र बसेर व्यक्तिगत श्रम स्वीकृतिमा कामदारहरुलाई विदेश पठाईदिन्छु भन्दै पैसा अशुली गरेको घटना सार्वजनिक भएपछि सम्बन्धित म्यानपावर कम्पनीले ति कर्मचारीलाई कारवाही गर्ने जनाएको छ । साथै पिडितहरुको पैसा फिर्ता गर्न तत्पर रहेको म्यानपावरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य