२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विराट गुप्तेश्वर कोटीहोम महायज्ञमा करोड दिप प्रज्वलन, ६ करोड संकलन

११ जेष्ठ २०७६, शनिबार ०१:१२

 

पर्वत/जेठ १ देखि संचालन भएको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको आज दशौ दिन आज भक्तजनहरु अपार सहभागिता भएको छ । यज्ञको दशौ दिन आज संघिय सरकारका वन मन्त्रालयका सह सचिव डा कृष्ण प्रसाद आचार्यले यज्ञको सफलताका लागी शुभकामना व्यक्त गर्नु भयो ।

उहांले मानिस कामको शिलशिलामा मनले नमान्दा नमान्दै पनि केहि त्यस्ता कार्यहरु गर्दछ ति कार्यहरुको मोचन गर्ने विधि यज्ञ हो त्यसकारण सवैले जानी नजानी अनजानमा गरेका कमी कमजोरीहरुलाई हटाउनका लागी यस्ता कार्यक्रममा आई दान गरेर पून्य कमाउन आग्रह गर्नूभयो । पर्वत जिल्लालाई विश्वसामू चिनाउने यस महान कार्यको योजनाकार लगायत मूल आयोजक समितिलाई धन्यवाद दिनूभयो ।


शिव पार्वतीको मुर्ति स्थापनाका लागी रु १ लाख जम्मा गरेर संस्थापक वन्ने तथा तुलादान,यज्ञसफल पार्नका लागी भक्तजनहरुले गरेको सहयोग रकम आज दशौ  दिन सम्म ४ करोड संकलन भएको प्रचार प्रसार समितिका संयोजक मोहन आचार्यले जानकारी दिनू भयो ।  ३ करोड ५० लाख नगद र ५० लाख वरावरको जग्गा प्राप्त भएको मूल आयोजक समितिका कोषाध्यक्ष कमलनाथ पोख्रेलले वताउनू भयो ।

आगामी जेठ ११ गते सम्म संचालन हूने यज्ञमा भोली अन्तिम दिन झाकी सहित कथावाचन हुने तथा नेपाली कांग्रेसका महामन्त्री शसांड्क कोईराला प्रमूख अतिथि रहने आयोजक समितिका महासचिव अच्यूत तिवारीले जानकारी दिनू भयो।


आजै असख्य दिप प्रजोलन भएको छ । महायज्ञ मूल आयोजक समितिका दिप संकलन तथा व्यवस्थापन उप समितिका संयोजक कलावती पूरीले सवै भक्तजनहरुवाट प्राप्त १ करोड भन्दा माथी रहेका ज्योति प्रज्वलन गरेको जानकारी दिनू भयो ।


कोटीहोमका ९५ प्रतिशत कार्य सम्पन्न भएको तथा वांकी कार्य भोलि सम्पन्न गरि गूरुहरुलाई विधाई गरिने तथा भोली पनि दानविरहरुलाई सम्मान जारी राखिने मूल आयोजक समितिका अध्यक्ष पृथ्वि नारायण शर्माले जानकारी दिनू भयो ।


यज्ञमा सोचेभन्दा धेरै भक्तजनहरुको उपस्थिति भएको मूल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष तथा उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनू भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य