2026-09-13 09:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा विद्युतीय हाजिरीमार्फत शिक्षकको निगरानी

जेठ ११ दार्चुला । जिल्लाका अधिकांश विद्यालयमा अहिले विद्युतीय हाजिरी जडान गरिएको छ । माध्यमिक तहका विद्यालयमा विद्युतीय हाजिरीमार्फत शिक्षकको निगरानी बढाउन विद्युतीय(ई) हाजिरी जडान गरिएको हो । 

विद्युतीय हाजिरी जडान गरिएपछि नियमित विद्यालय नआउने तथा राजनीतिमा संलग्न हुने शिक्षकले समेत नियमित विद्यालय आउनुपरेको छ । ई–हाजिरी जडान गरेपछि विद्यालयमा शिक्षको उपस्थिति नियमित देखिन थालेको सरस्वती मावि सेलिचामाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरासिंह धामीले बताउनुभयो ।

 विगतमा ई–हाजिरी नहुँदा शिक्षक एकै पटकमा बिदा बसेको समयको पनि हाजिरी लगाउने  परम्परा थियो । अहिले ई–हाजिरीले शिक्षकको उपस्थिति निगरानी गर्न सहज भएको छ । मालिकार्जुन गाउँपालिकाले चालू आर्थिक वर्षमा गाउँपालिकाभरिका चार माध्यमिक विद्यालयमा ई–हाजिरी जडान गरेको छ । अहिले नमूनाका रुपमा केही विद्यालयमा मात्रै ई–हाजिरी जडान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दशरथ भट्टले जानकारी दिनुभयो ।

 मालिकार्जुनमा ११ माध्यमिक विद्यालय छन् । चालू वर्षमा बजेट पनि कम छु्ययाइएका कारण चार विद्यालयमा मात्र जडान गरिएको छ । गाउँपालिकाले निलेपातेश्वर मावि भर्तोला, सरस्वती मावि सेलिचामा, शङ्करपुर मावि पस्तीमा ई–हानिरी जडान गरिएको र मालिकार्जुन मावि मडमा जोड्ने तयारी रहेको भट्टले बताउनुभयो । 

महाकाली नगरपालिकाले सबै माध्यमिक विद्यालयमा विद्युतीय हाजिर जडान गरेको छ । विद्युतीय हाजिरी जडान गरेपछि शिक्षकको नियमित उपस्थिति बढेको राष्ट्यि मावि दत्तुका प्रधानाध्यापक राजेशसिंह सामन्तले जानकारी दिनुभयो । नौगाड गाउँपालिकाले गतवर्ष नै सबै विद्यालय, स्वास्थ्य संस्था, गाउँपालिका कार्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ । 

विद्युतीय हाजिरीले कर्मचारीको कामको मूल्याङ्कन गर्न सजिलो हुने हुँदा प्राथमिकताका साथ ई हाजिरी जडान गरिएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो । 

पछिल्लो समय जिल्लाका सबै स्थानीय तहले प्रविधि भित्र्याउन थालेका छन् । स्थानीय तहबीच विद्युतीय हाजिरी, सिसी क्यामरा जडानदेखि डिजिटल नागरिक बडापत्र राख्ने काम चलेको छ । कार्यालयबाहिर डिजिटल बडापत्रमार्फत गाउँपालिकाका गतिविधि देखाउने काम गरिएका बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले