२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरद्वारा अनुगमन छल्न शनिबार कारोबार, कार्यविधि नहुँदा अनुगमन गर्न सकिएन विभाग

२०७६, ११ जेष्ठ शनिबार ११:४६

मनोज पराजुली, जेठ ११, काठमाडौं । वैदेशिक रोजगार विभागको अनुगमनलाई छल्न म्यानपावर व्यवसायीले नयाँ रणनीति अपनाउन थालेको पाइएको छ । पछिलो समय विभागले तोकिएको लागत भन्दा बढी रकम लिने तथा उजुरीका आधारमा म्यानपावर अनुगमलाई तीव्र पारेपछि शनिबार कामदारसँग रकम अशुल गरि विदेश उडाउन थालेका हुन् । 

गत शनिबार महाराजगंजमा रहेको कसमस नेपाल ह्युमन रिसोर्स प्रालिले साउदीको सिनोपेक इन्जिनियरिंङ्ग कम्पनीमा पठाउन प्रति कामदार ९५ हजार लिएर विदेश पठाएको कामदारले बताएका थिए । सोहि कम्पनीले आज (शनिबार) नै पारेर केहि कामदारहरुबाट ९० हजार देखि १ लाख १० हजार सम्म लिन लागेको कामदारहरुले बताएका छन् । उनीहरु सबैको आज बेलुकीको नै टिकट रहेको पाइएको छ । सरकारले साउदीका लागि म्यानपावरको सेवा शुल्क १० हजार तोकेको छ । कामदारले तिरेको रकमको बिल म्यानपावर कम्पनीले नदिंदा कामदारसंग पैसा तिरेको बिल प्रमाण हुँदैन जसका कारण कामदार उजुरी गर्न सक्दैनन् ।

यस म्यानपावरले सिनोपेक कम्पनीबाट ५० जना भन्दा बढी कामदारको डिमाण्ड ल्याएको पाइएको छ । म्यानपावरले गत शनिबार केहि र आज बाँकि कामदार साउदी पठाउन लागेको हो । गत हप्ता म्यानपावर कम्पनीले प्रतिकामदार ९० हजार लिन लागेको जानकारी पाउँदा समेत विभागले शनिबार भएको भन्दै अगुमन गरेको थिएन । आजपनि म्यानपावर कम्पनीले कामदारबाट रकम लिन लागेको बारे जानकारी पाउँदा समेत विभागले अनुगमन गरेको छैन।  

म्यानपावरका गतिविधि नियन्त्रण गर्ने सार्वजनिक बिदाको दिन शनिबार कसरी काम गर्ने भन्ने कार्यविधि नहुँदा अनुगमन गर्न समस्या भएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले बताए।  सोहि प्रकृतिको कारोबार आज पनि दोहोरिए पछि अब म्यानपावरको यस्ता कार्यलाई तत्काल करावाही गर्न सक्ने गरि आवश्यक निर्णय लिइने महानिर्देशक भुसालले बताए ।

साउदीको उक्त्त कम्पनीले यसअघि अन्य म्यानपावर कम्पनीबाट फ्री भिषा र फ्री टिकट सहित शुन्य लागतमा कामदार लिंदै आएको थियो । तर यस म्यानपावरले रोजगारदाता कम्पनीका चाइनिज मानव संसाधन विभाग (एच आर प्रमुख) का व्यक्तिहरुलाई कमिसन खुवाएर डिमाण्ड ल्याएको बताइएको छ । हामीलाई भिषा टिकट वापत खर्च दिनुपर्दैन बरु हामी तपाईलाई नै नेपालबाट रकम दिन्छौं भन्दै डिमाण्ड लगेको हो एच आरको भनाइ उधृत गर्दै श्रोतले भन्यो " नेपालको म्यानपावरलाई समेत सेवा शुल्क दिने कम्पनीमा कामदारबाट नै रकम लिनु न्यायोचित हुँदैन।''  यस अघि कामदारसँग रकम नलिएको दावी गरेका कसमस नेपाल ह्युमन रिसोर्सका प्रवन्ध निर्देशक ऋषि रावलसंग सम्पर्क  गर्दा टेलिफोन रिसिभ गरेनन् ।  

पछिल्लो समय बैदेशिक रोजगार विभागमा डा. भीष्म कुमार भुसाल महानिर्देशक नियुक्त भएपछि म्यानपावरका ठगि विरुद्ध आक्रामक रुपमा पस्तुत हुँदै आएका छन् ।  विमागका महानिर्देशक डा.भिष्मकुमार भुसालकै नेतृत्वमा जुपिटर ओभरसीज प्रा.लि, स्काई अफ दि वल्र्ड र ट्रष्ट नेपाल ओभरसीज प्रालिमा छापा मारेर कागजात नियन्त्रणमा लिएर कारवाही प्रक्रिया शुरु गरेको थियो । त्यस्तै गत बैशाख १९ गते पनि मन्सुर म्यानपावर प्रा. लि ,जेठ ८ गते ललितपुरको ताल्छिखेलमा रहेको युनिभर्सल कनेक्सन प्रा. लि मा विभागले अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा