२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बर्दियाको लठुवाघाट पुल उद्घाटन

११ जेष्ठ २०७६, शनिबार १५:३०

जेठ ११, राजापुर (रासस) | भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बर्दियाको लठुवाघाट पुल उद्घाटन गर्नुभएको छ । 

बारबर्दिया र मधुवन नगरपालिका जोड्ने बबई नदीमा रहेको लठुवाघाट पुलको उद्घाटन गर्दै मन्त्री महासेठले सरकारले अहिलेसम्म ८०० किलोमिटर कालोपत्र सडक, १०० बढी पुल तथा एक हजार ५०० किलोमिटर सडक ग्राभेल निर्माण सम्पन्न गरिसकेको दाबी गर्नुभयो । मन्त्री महासेठले छिट्टै नै पूर्वपश्चिम राजमार्ग चौडा गर्ने र एक हजार किलोमिटर रेलमार्ग निर्माणको काम शुरु गर्ने बताउनुभयो ।

बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको सो पुलको लम्बाइ २७७ दशमलव ७० मिटर रहेको छ । रु १६ करोड ४७ लाख १० हजारको लागतमा सो पुल निर्माण कम्पनी कन्काई सेवा जेभीले २०६९ असार २० गतेदेखि निर्माण शुरु गरेको थियो । पुल निर्माणपश्चात् मधुवन र बारबर्दिया नगरवासीलाई आवतजावत गर्न सहज हुने भएको छ ।

जेठ १५ गते हुने बजेट भाषणले बर्दियावासीमा खुशियाली छाउने बताउँदै मन्त्री महासेठले अहिलेको बजेटमा बर्दियाका धेरै राम्रा योजनाको शुरुआत हुने खुलासा गर्नुभयो । पहाडी क्षेत्रमा पनि थुप्रै नयाँ सडक खोलेको बताउँदै मन्त्री महासेठले बर्दियाको मूर्तिहा–भुरिगाउँ, सुर्खेत–तेलपानी सडक निर्माणका लागि आगामी बजेटले सम्बोधन गर्ने पनि बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता