२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दी : १० वर्षमा पनि बनेन् दुखुखोलाको पुल

१३ जेष्ठ २०७६, सोमबार ०६:०८

जेठ १३ गलेश्वर । २०६७ सालमा निर्माण शुरु गरिएको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलाको मोटरेबल पुल १० वर्ष बितिसक्दा पनि निर्माण हुन नसक्दा पश्चिम म्याग्दीका तीन गाउँपालिकाका हजारौँ जनताले सास्ती खेप्न बाध्य भएका छन् ।

तत्कालीन जिल्ला विकास समितिअन्तर्गत सञ्चालित विकेन्द्रीत ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) मार्फत् २०६७ मा शुरु भएको मोटरेबल पुल १० वर्ष बितिसक्दा पनि निर्माण गर्न नसकिएको हो ।

शुरुमा डिजाइन गलत भएको भनी पुरानो ठेक्का रद्द गरेर जिविस र प्राविधिक कार्यालयले पुनःसर्वेक्षण गराई २०७३ मा अर्को ठेक्का सम्झौता गरिएको थियो । २२ मिटर लामो पुल निर्माणका लागि २०७३ साउन ९ गते रु दुई करोड २५ लाख ६० हजार ८२३ मा स्वच्छन्द–गौचन जेभीसँग सम्झौता भएको थियो । २०७४ कात्तिकमा सक्ने सम्झौता भए पनि अहिलेसम्म दुईतर्फको पिल्लर ठडाएर ढलानको लागि सटिङ मात्र भएको छ । सटिङ गरेको एक महीना बिते पनि ढलान नभएको र वर्षामा खोलामा आएको बाढीले बगाउने जोखिम बढेको जनगुनासो बढेको छ ।

सम्झौताअनुसार निर्माण कार्य नभएपछि स्थानीय निकायले चासो देखाएका छन् । जिसस म्याग्दीका प्रमुख देवेन्द्र केसी, सदस्य शेरबहादुर केसी, समन्वय अधिकारी ज्ञानराज कोइराला र मङ्गला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीको टोलीले पुलको स्थलगत निरीक्षण गरेको छ । पुल निर्माणमा भएको ढिलाइको विषयमा तत्कालै पूर्वाधार विकास कार्यालयमार्फत् निर्माण कम्पनीलाई ताकेता गर्न लगाउने जिसस प्रमुख केसीले जानकारी दिनुभएको छ ।

पुल निर्माणमा ढिलाइ हुँदा सवारीसाधन र सर्वसाधारण खोलामा जोखिम मोलेर वारपार गर्न बाध्य भएका छन् । बेनी–दरवाङ मङ्गला, मालिका, धौलागिरि र बागलुङको तमानखोला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक हो ।

स्वच्छन्द–गौचन जेभीले ठेक्का सम्झौता गरे पनि काम भने बेनीको श्रमजीवी निर्माण कम्पनीका प्रकाश बानियाँले गर्दै आउनुभएको छ । पछिल्लो पटक वैशाख मसान्तसम्मका लागि थप भएको म्याद पनि ठेकेदारले काम नगरी गुजारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड