२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- ‘सार्वजनिक ठाउँमा असामाजिक काम नगर्नुस्

१३ जेष्ठ २०७६, सोमबार १२:०४

जेठ १३, काठमाडौं । कतारमा रहेको नेपाली दूतावासले नेपालीलाई स्थानीय कानुन विपरित सार्वजनिक ठाउँमा असामाजिक काम नगर्न आग्रह गरेको छ । कतारमा रहेका नेपालीले सार्वजनिक स्थलमा रक्सी खाने, रक्सी बेच्ने, होहल्ला तथा झगडा गर्ने गरेको भन्दै दूतावासले विज्ञप्ति नै निकालेर सचेत गराएको हो । 

‘केही नेपाली समुदायका सदस्यहरु स्थानीय संस्कृति तथा नियम कानून विपरित सार्वजनिक ठाउँमा असामाजिक रुपले प्रस्तुत भएका घट्नाप्रति दूतावासको ध्यानाकर्षण भएको छ’, दूतावासले विज्ञप्तिमार्फत भनेको छ, ‘यस्तो कार्य गर्दा सजायको भागिदार हुनुपर्ने र यसले अन्य समुदायमा बीचमा  नेपाली समुदायको छविमा नकारत्मक सन्देश जान्छ, त्यसैले यस्तो कार्य नर्गन र नगराउनुहुन सबै नेपाली समुदाय समक्ष अनुरोध छ ।’

साथै दूतावासल कतारको कानून, धर्म, परम्परा र संस्कृति विपरित कुनै काम नगर्न आग्रह गरेको छ । सार्वजनिक स्थानमा अनावश्यक जमघट गर्ने, झगडा गर्ने, होहल्ला गर्नेजस्ता काम नगर्न पनि दूतावासले नेपालीलाई आनुरोध गरेको छ । 

सामाजिक सञ्जालमार्फत असामाजिक तथा अनावश्यक कुरा पोष्ट नगर्न पनि दूतावासले नेपालीलाई सचेत गराएको छ । यस्तै बन्द हडताल, ठगी, चोरी तथा महिलामाथि दुव्यवहार नगर्न पनि भनिएको छ ।

रमादान लगायत निषेधित समयमा कुनै पनि खानेकुरा खुल्ला रुपमा नखान पनि दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट