२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

विप्लवको गृहजिल्ला “कपिलवस्तुमा” बन्दको प्रभाव

२०७६, १३ जेष्ठ सोमबार १३:०६

माधव बेल्वासे | जेठ १३, कपिलवस्तु | नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित बनेको छ । नेकपाका माहासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को गृहजिल्ला कपिलवस्तुमा पनि विहानै देखि बन्दको उच्च प्रभाव देखिएको हो  । 

जिल्लाका चन्द्रौटा, जितपुर, गोरुसिगे, तौलिहवा लगाएतका स्थानहरुमा बन्दको प्रभाव परेको छ । विप्लवको गृह गाउँ शिवगढीमा आवतजावत गर्ने नागरिकहरुलाई प्रहरीले विशेष निगरानी समेत राखेको छ ।

बन्दको पुर्वसन्धयामा जिल्लाका विभिन्न स्थानमा बम पड्किएका आवाज सुनिए पनि झन जिल्लावासीहरुमा त्रास वढेको छ ।त्यस्तै जिल्लाको दक्षिणि भेग कृष्णनगर, बहादुरगञ्ज, महाराजगञ्जमा भने बन्दको आंशिक प्रभाव परेको छ । सदरमुकाम तौलिहवा र मुख्य व्यापारिक केन्द्र चन्द्रौटामा बन्दको प्रभाव उच्च छ  । पसल, व्यवसायहरु  बन्द छन् । टाढा तथा नजिकका यात्रुवाहक सवारी साधन लचेका छैनन । शैक्षिक संघ संस्थामा पनि बन्द छन ।

जिल्लामा हाल सम्म अप्रिय घटना नघटेपनि आईवार साझ सामुदायिक अस्पताल र वाणगंगा पुल नजिकै विष्फोठक पदार्थ विस्पोठ भएपछि सुरक्षा व्यवस्थालाई प्रहरीले थप मजवुद बनाएको छ । त्यस्तै सोमवार विहान शिवराज नगरपालिका ५ वालापुर मोड नजिकै शक्तिशालि आवाजका साथ विस्फोठ भएको तर कुनै भौतिक तथा मानविय क्षेति नभएको पाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !