२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको एक गाउँमा २४ बर्षपछि बल्यो बिजुली, गाउँलेमा छायो खुसीयाली

१४ जेष्ठ २०७६, मंगलवार १७:४३

सम्राट सिंह | जेठ १४, बझाङ | सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङको एक गाउँमा २४ बर्षपछि बिजुली बलेपछि स्थानियमा खुसीयाली छाएको छ । 

जिल्लाको थलारा गाउँपालिका ९ अफलामा ५२ किलो वाट जडारी गाड लघु जलविद्युत आयोजना २४ बर्षपछि सम्पन्न भई गाउँ नै झिलिमिली बनेपछि स्थानियमा खुसीयाली छाएको हो ।

२०५२ सालमा शुरु भएको आयोजना विभिन्न कारणले निर्माण कार्य रोकिएको थियो । आयोजनाको निर्माण कार्य बर्षौ बित्दा समेत निर्माण कार्य अगाडि नबढेपछि त्यहाँका युवाहरु अम्बर बिष्ट तथा लोकेन्द्र बिष्टको पहलमा ३ बर्षमा नै निर्माण कार्य सकेर गाउँ नै झिलिमिली बनेको छ ।

गाउँमा बिजुली नहुँदा झरो,टुकी बालेर किताब पढ्ने गर्थ्यौं थलारा गाउँपालिका ९ कि दिपिना बिष्टले भनिन् अहिले गाउँमा नै विद्युत बनेपछि गाउँभरी झिलिमिली छ अध्ययन गर्ने विद्यार्थीहरुका लागि पनि एकदमै सहुलियत भएको छ ।

सोमबार जडारीगाड लघु विद्युतको उद्घाटन संविधान सभा सदस्य मान प्रसाद खत्रीले गर्नुभएको थियो । झण्डै डेढ करोड लागतमा बनेको जडारी गाड लघुविद्युत बाट ७ सय ५० घरधुरीहरु लाभान्वित भएका छन । 

पहिला झरो बाल्थ्यौ पछि टुकी बाल्यौ त्यसपछि सोलार बाल्यौ हाल आएर गाउँमा नै विद्युत उत्पादन भएपछि चौविसै घण्टा बिजुली बाल्न पाउँदा अत्यन्तै खुसी लागेको थलारा गाउँपालिकाका दिल बहादुर खत्रीले बताए । 


विद्युतको निर्माण कार्य सकेर गाउँमा विजुली बलिसकेपछि जडारी गाड लघु विद्युत आयोजना निर्माण समितिले थलारा गाउँपालिका र जिल्लाभरीका पाहुनालाई निमन्त्रणा गरी विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना समेत गरेको थियो । बिजुली बलेपछि जनतामा एकदमै खुसी छाएको छ । 

जडारी गाड लघुविद्युत आयोजना वैकल्पिक उर्जा विकास प्रवर्दन केन्द्र र थलारा गाउँपालिका  आर्थिक सहयोगमा निर्माण गरिएको थियो । 

यसरी गाउँमा नै विद्युत उत्पादन हुँदा विभिन्न उद्योग धन्दाहरु संञ्चालन गरेर यहाँका बासिन्दाहरु प्रत्यक्ष लाभ लिन सक्ने जडारी गाड लघु विद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष अम्बर बिष्टले बताए । उनले भने गाउँमा नै विजुली उत्पादन भई गाउँ नै झिलिमिली भएपछि गाउँलेहरु अत्यधिक खुसी भएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य