२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार जानेहरुका लागि कतार भिसा सेन्टर आजवाट संचालनमा आउने, सबै सेवा एकै ठाउँबाट पाइने

१५ जेष्ठ २०७६, बुधबार ०८:१७

जेठ १५,काठमाडौं।  कतार भिसा सेन्टरले बुधबारदेखि औपचारिक रुपमा काम थाल्ने भएको छ । महाराजगञ्ज चक्रपथमा स्थापित कतार भिसा सेन्टरको बुधबार बेलुका एक औपचारिक कार्यक्रमकाबीच नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैलले उद्घाटन गर्ने  कार्यक्रम रहेको छ ।

भिसा सेन्टरले रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठा छाप लिने छ भने भिसा सेन्टरमै कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने प्रकृया पूरा हुने छ । त्यसैगरी कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका कामहरु पनि सेन्टरमा नै हुने छन् । कतारमा हुने ती काम नेपालमै सबै प्रकृया पूरा भएपछि कामदार कतार पुग्नासाथ आफ्नो परिचयपत्र पाउने कतारको भनाइ छ । कतारले भिसा सहजीकरणका लागि बंगलादेश, पाकिस्तान र श्रीलंकामा यसअघि नै कतार भिसा सेन्टर सञ्चालन गरिसकेको छ।

प्रोसेसिङमा समेत नेपाली श्रमिकहरुले लामो समय कुर्नुपर्ने झन्झटको अन्त्य हुने विश्वास  गरिएको छ । मेडिकल, बिमा र अन्य व्यक्तिगत कागजातहरु राम्रोसँग स्क्रिनिङ गरिने भएकोले मेडिकल फेल वा अन्य विभिन्न समस्या भएका व्यक्तिहरु नेपालबाट नै कतार जान पाउने वा नपाउने विषयमा टुंगो लाग्ने हुँदा कतार पुगेर फर्किनुपर्ने समस्या समेत हट्ने अपेक्षा छ ।

कतार भिसा सेन्टरबाट रोजगारीमा जाने नेपाली श्रमिकहरुको यकिन तथ्यांक राखिने हुँदा नेपाली रोजगारीमा कति गए र कति नेपाली कतारबाट फर्केर आए, कुन श्रमिक कस्तो अवस्थामा रहेको छ भन्ने जानकारी समेत हुने हुँदा थप सहज हुने बताइएको छ । कतारको सरकारी प्रकृया अनुसार भिसा सेन्टर सञ्चालन हुने हुँदा सेवाग्राहीलाई भविष्यमा कुनै पनि समस्या नआउने नेपालस्थित कतारी दूतावासले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट