२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबदेखि म्यानपावरबाटनै सिंगापुर जान पाइने, तलब १ लाख ८६ हजार

१५ जेष्ठ २०७६, बुधबार १४:०१

मनोज पराजुली | जेठ १५, काठमाडौं। अबदेखि बैदेशिक रोजगारीको लागि संस्थागत रुपमै म्यानपावरबाट सिंगापुर जान पाइने भएको छ । कन्टिनेन्टल ह्युमन रिसोर्स प्रालिले सिंगापुरको लागि नेपाली कामदारको माग ल्याएपछि संस्थागत रुपमा नै श्रम स्वीकृति लिएर सिंगापुर जान पाइने बाटो खुलेको हो । 

यो डिमाण्डमा अनलाइन Apply गर्न 'बैदेशिक रोजगार' मोबाइल एप डाउनलोड गर्नुहोस् 

>> Download App <<

सिंगापुरको रिक्रुटमेन्ट एजेन्सी एसजी एच आर सर्भिस मार्फत नेपाली कामदार पठाउन लागेको कन्टिनेन्टलका संचालक दिनेश कुमार डंगोलले जानकारी दिए । हाउसकिपिङ र सहायक म्यानेजर पदका लागि दुईसय नेपालीको माग थाइल्याण्डमा रहेको नेपाली दुतावास मार्फत प्रमाणीकरण गरि ल्याएको उनले बताए । २ सय  जनाको कोटा ल्याएपनि पहिलो चरणका लागि भन्दै १ सय जनाको लागि पुर्व स्वीकृति दिइएको श्रम कार्यालय ताहाचलका निर्देशक सुरेश जोशीले जानकारी दिए ।  


म्यानपावर कम्पनीले सिंगापुर जाने श्रमिकले २ हजार ३ सय सिंगापुर डलर (एक लाख ८६ हजार रुपैयाँ) तलब पाउने गरी करिब तीन महिना अगाडी श्रम कार्यालयमा फाइल पेश गरेको थियो । तर सेवाशुल्क लगायतका विषय टुंगो लगाउँदा ढिला ढिलो भएको उनले बताए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिंगापुर जाने श्रमिकसँग अधिकतम ५० हजार रुपैयाँ सेवाशुल्क लिन पाउने निर्णय गरेको छ। सिंगापुरबाट नेपाली कामदारको माग आएपछि श्रम कार्यालयले सेवा शुःल्क निर्धारण गर्न श्रम मन्त्रालयमा पत्र पठाएको थियो । सो पश्च्यात श्रम मन्त्रालयले बढीमा ५० हजार रुपैयाँ लिन पाउने निर्णय गरेको हो। 

नयाँ देश भएकोले एकैपटक सबै कामदार पठाउन स्वीकृति दिँदा भोलि त्यहाँ पुगिसकेपछि समस्या भोग्नुपर्ने हो कि भनेर पहिलो चरणमा आधालाई मात्रै स्वीकृति दिइएको निर्देशक जोशीले बताए। एक सय कामदार पठाइसकेपछि उनीहरुको अवस्था हेरेर बाँकी श्रमिक पठाउन श्रम स्वीकृति दिने कि नदिने भनेर निर्णय गर्ने जोशीले बताए । म्यानपावर कम्पनीले सिंगापुरसंगै ब्रुनाई, कम्बोडिया लगायतका देशको डिमाण्ड स्वीकृतिका लागि श्रम कार्यालय पेश गरेका जोशीले बताए तर डिमाण्ड आएपनि सेवा शुल्क नातोकिंदा स्वीकृति दिन नसकिएको उनले बताए । 

पूर्व स्वीकृतिसँगै म्यानपावर कम्पनीले कामदार माग गर्दै विज्ञापन गर्ने तयारी गरेको छ। विज्ञापन प्रकाशन पश्च्यात कामदार छनौट गरेर, भिसा लगायतका प्रक्रिया पूरा गर्दै अन्तिम श्रम स्वीकृतिका लागि आवेदन दिनुपर्नेछ । 

सिंगापुरले रोजगारीका लागि नेपाली कामदार सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा लगेको थिएन। चालु आर्थिक वर्षमा व्यक्तिगत श्रम स्वीकृतिमा ४८ नेपाली रोजगारीका लागि सिंगापुर पुगेका छन् । 

यो डिमाण्डमा अनलाइन Apply गर्न 'बैदेशिक रोजगार' मोबाइल एप डाउनलोड गर्नुहोस् डिमाण्ड भोलि (बिहिबार) प्रकाशन हुनेछ 
>> Download App <<

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य