2026-09-04 01:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अबदेखि म्यानपावरबाटनै सिंगापुर जान पाइने, तलब १ लाख ८६ हजार

मनोज पराजुली | जेठ १५, काठमाडौं। अबदेखि बैदेशिक रोजगारीको लागि संस्थागत रुपमै म्यानपावरबाट सिंगापुर जान पाइने भएको छ । कन्टिनेन्टल ह्युमन रिसोर्स प्रालिले सिंगापुरको लागि नेपाली कामदारको माग ल्याएपछि संस्थागत रुपमा नै श्रम स्वीकृति लिएर सिंगापुर जान पाइने बाटो खुलेको हो । 

यो डिमाण्डमा अनलाइन Apply गर्न ‘बैदेशिक रोजगार’ मोबाइल एप डाउनलोड गर्नुहोस् 

>> Download App <<

सिंगापुरको रिक्रुटमेन्ट एजेन्सी एसजी एच आर सर्भिस मार्फत नेपाली कामदार पठाउन लागेको कन्टिनेन्टलका संचालक दिनेश कुमार डंगोलले जानकारी दिए । हाउसकिपिङ र सहायक म्यानेजर पदका लागि दुईसय नेपालीको माग थाइल्याण्डमा रहेको नेपाली दुतावास मार्फत प्रमाणीकरण गरि ल्याएको उनले बताए । २ सय  जनाको कोटा ल्याएपनि पहिलो चरणका लागि भन्दै १ सय जनाको लागि पुर्व स्वीकृति दिइएको श्रम कार्यालय ताहाचलका निर्देशक सुरेश जोशीले जानकारी दिए ।  

म्यानपावर कम्पनीले सिंगापुर जाने श्रमिकले २ हजार ३ सय सिंगापुर डलर (एक लाख ८६ हजार रुपैयाँ) तलब पाउने गरी करिब तीन महिना अगाडी श्रम कार्यालयमा फाइल पेश गरेको थियो । तर सेवाशुल्क लगायतका विषय टुंगो लगाउँदा ढिला ढिलो भएको उनले बताए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिंगापुर जाने श्रमिकसँग अधिकतम ५० हजार रुपैयाँ सेवाशुल्क लिन पाउने निर्णय गरेको छ। सिंगापुरबाट नेपाली कामदारको माग आएपछि श्रम कार्यालयले सेवा शुःल्क निर्धारण गर्न श्रम मन्त्रालयमा पत्र पठाएको थियो । सो पश्च्यात श्रम मन्त्रालयले बढीमा ५० हजार रुपैयाँ लिन पाउने निर्णय गरेको हो। 

नयाँ देश भएकोले एकैपटक सबै कामदार पठाउन स्वीकृति दिँदा भोलि त्यहाँ पुगिसकेपछि समस्या भोग्नुपर्ने हो कि भनेर पहिलो चरणमा आधालाई मात्रै स्वीकृति दिइएको निर्देशक जोशीले बताए। एक सय कामदार पठाइसकेपछि उनीहरुको अवस्था हेरेर बाँकी श्रमिक पठाउन श्रम स्वीकृति दिने कि नदिने भनेर निर्णय गर्ने जोशीले बताए । म्यानपावर कम्पनीले सिंगापुरसंगै ब्रुनाई, कम्बोडिया लगायतका देशको डिमाण्ड स्वीकृतिका लागि श्रम कार्यालय पेश गरेका जोशीले बताए तर डिमाण्ड आएपनि सेवा शुल्क नातोकिंदा स्वीकृति दिन नसकिएको उनले बताए । 

पूर्व स्वीकृतिसँगै म्यानपावर कम्पनीले कामदार माग गर्दै विज्ञापन गर्ने तयारी गरेको छ। विज्ञापन प्रकाशन पश्च्यात कामदार छनौट गरेर, भिसा लगायतका प्रक्रिया पूरा गर्दै अन्तिम श्रम स्वीकृतिका लागि आवेदन दिनुपर्नेछ । 

सिंगापुरले रोजगारीका लागि नेपाली कामदार सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा लगेको थिएन। चालु आर्थिक वर्षमा व्यक्तिगत श्रम स्वीकृतिमा ४८ नेपाली रोजगारीका लागि सिंगापुर पुगेका छन् । 

यो डिमाण्डमा अनलाइन Apply गर्न ‘बैदेशिक रोजगार’ मोबाइल एप डाउनलोड गर्नुहोस् डिमाण्ड भोलि (बिहिबार) प्रकाशन हुनेछ 
>> Download App <<

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै