२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङ :गाडी खरीदमा साढे तीन करोड खर्च

२०७६, १७ जेष्ठ शुक्रबार ११:५७

दीपक बोहरा, जेठ १७, लमही । दाङको तुलसीपुर उपमहानगरपालिकाले गाडी खरीदमा रु साढे तीन करोड खर्च गरेको छ । 

स्थानीय तहमा जनप्रतिनिधि आएपछि रु तीन करोड ४५ लाख ३५ हजार ७९६ मूल्य बराबरका गाडी खरीद गरिएको तुलसीपुर उपमहानगरपालिकाका सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार दुई वर्षको यो अवधिमा २९ वटा गाडी खरीद गरिएको छ । 

खरीद गरिएको २९ वटा गाडीमध्ये पाँच वटा गाडी विकास निर्माणका लागि प्रयोग गरिएको छ भने अन्य गाडी जनप्रतिनिधि तथा कर्मचारीका लागि प्रयोग गर्ने गरिएको छ । नगरपालिकाले मारुती कार एक, ट्र्याक्टर दुई, टिप्पर एक, ब्याक्हुलोडर दुई, रोलर एक, कम्प्याक्टर एक, जीप टाटा एक, मोटरसाइकल एक, १५० सिसीका मोटरसाइकल ११ र १२५ सिसीका मोटरसाइकल आठ वटा खरीद गरिएको सूचना अधिकारी खरेलले बताउनुभयो । उहाँका अनुसार उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले चढ्ने गाडीको मूल्य रु ५१ लाख ९० हजार २६५ को टाटा जीप रहेको छ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृतका लागि मारुती कार खरीद गर्न रु ३९ लाख १९ हजार ४६९ खर्च भएको छ । 

त्यस्तै १९ वटा वडा कार्यालय र एउटा जनस्वास्थ्य महाशाखासहित २० वटा मोटरसाइकल खरीद गर्दा रु ४१ लाख १४ हजार ३७९, त्यसैगरी दुई वटा ट्र्याक्टर खरीद गर्दा रु २८ लाख ९० हजार, एउटा टिप्पर खरीद गर्दा रु ५० लाख ४४ हजार २४७ खर्च भएको छ । दुई वटा ब्याक्हुलोडर खरीद गर्दा रु ६० लाख ५४ हजार ८६७, एउटा रोलर खरीद गर्दा रु ३१ लाख ७२ हजार ५६६ र एउटा कम्प्याक्टर खरीद गर्दा रु ४१ लाख ५० हजार खर्च गरेको सूचना अधिकारी खरेलले जानकारी दिनुभयो । 

सुत्केरीलाई भत्ता 

तुलसीपुर उपमहानगरपालिकाले हालसम्म दुई हजार ७२६ जनालाई सुत्केरी भत्ता वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले २०७४ असोजदेखि सुत्केरी मत्ता वितरण शुरु गरेको थियो । जसबाट हालसम्म करीब ८४ लाख बजेट प्रयोग भएको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो । सुरक्षित मातृत्वका लागि सुत्केरी भत्ता वितरण गरिएको प्रमुख पाण्डेले बताउनुभयो ।  

यस्तै चालू आवमा ११५ किशोरीलाई आत्मरक्षा तालीम दिइएको छ । बाँकी चार सय जनालाई यसै वर्ष तालीम दिने योजना बनाएको प्रमुख पाण्डेले बताउनुभयो ।  त्यस्तै उपमहानगरपालिकाले  उज्यालो तुलसीपुर अन्तर्गत यस बर्ष एकसय १४ जनाको मोतिबिन्दुको निःशुल्क अपरेशन गरिएको छ । जसमध्ये ५१ पुरुष र अन्य सबै महिला रहेका छन् । 

साथै तीनवटा एम्बुलेन्स खरिद गरि बिभिन्न स्वास्थ्य संस्थालाई हस्तान्तरण गरेको उहाँले बताउनुभयो । साथै उपमहानगरपालिका भित्रका ८ वटा स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गर्नुका साथै एउटा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र, ११ वटा नगर स्वास्थ्य केन्द्र र ६ वटा बर्थिङ सेन्टर स्थापना गरिएको उहाँले बताउनुभयो । 

तुलसीपुरका ८३ बिद्यालयलाई ५ बर्षमा ३० वटा नमूना बनाउने योजना अघि सारेको छ ।  तुलसीपुरका तीन वटा सामुदायिक बिद्यालयमा बस सेवा सञ्चालनमा आएको छ । साथै राप्ती प्रादेशिक अस्पतालमा ५ वटा डायोलासिस मेसिनहरु व्यवस्था भएको उहाँले बताउनुभयो । साथै पाँच सय घरधुरीलाई खरका छाना बितरण गरिएको प्रमुख पाण्डेको भनाई छ । 

७३ मात्रै कर्मचारी 

तुलसीपुर उपमहानगरपालिकामा दुईसय ३५ जना कर्मचारीको दरबन्दी भएपनि अहिले ७३ जना मात्रै कार्यरत रहेको प्रमुख पाण्डेको भनाई छ । साथै तुलसीपुर उपमहानगरपालिकाको न्यायीक समितिमा ९२ वटा उजुरी दर्ता भएकोमा १२ वटा मिलापत्र  तथा २७ वटाको रोक्का भएका छन् । उहाँका अनुसार बाँकी ८० वटा उजुरीहरु अध्ययनको क्रममा रहेको छ । 

यस्तै तुलसीपुर उपमहानगरपालिकामा बसाईसराई गरि आउनेको संख्यामा समेत बृद्धि भएको छ । चालू आर्थिक बर्षको अहिलेसम्म पाँचसय ९५ परिवार बसाईसराई गरि आएका छन्, भने दुईसय ६५  परिवार बसाईसराई गरि गएका छन् ।  

साथै उपमहानगरपालिकाले चालू आर्थिक बर्षका लागि विनियोजन गरेको एक अरब ५७ करोड ४१ लाख ९१ हजार बजेट मध्ये ६८ प्रतिशत मात्रै खर्च भएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । 

उहाँका अनुसार अपेक्षाकृत राजश्व संकलन नहुनु तथा केन्द्र र प्रदेश सरकारबाट रकम नआउँदा अहिलेसम्म एक अरब ७ करोड ९२ लाख ९७ हजार दुईसय ७० मात्रै निकासा भएको छ । निकासा भएको रकममध्ये ८२ करोड ६६ लाख २८ हजार सातसय २१  खर्च भएको छ । 

साथै यस बर्ष १४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म ८ करोड ८ लाख ३६ हजार ७६ संकलन भएको छ । यो लक्ष्यको ५७ प्रतिशत मात्रै हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ