सम्राट सिंह | जेठ १७, बझाङ | जिल्ला अस्पताल बझाङमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन ।  दुई वटा सरकारी डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल बझाङमा एक मात्र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सम्राट सिंह | जेठ १७, बझाङ | जिल्ला अस्पताल बझाङमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन ।  दुई वटा सरकारी डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल बझाङमा एक मात्र "/>
2026-09-13 09:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ जिल्ला अस्पताल: दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा

सम्राट सिंह | जेठ १७, बझाङ | जिल्ला अस्पताल बझाङमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन ।  दुई वटा सरकारी डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल बझाङमा एक मात्र डाक्टर हुँदा बिरामी मर्कामा परेका हुन ।

जिल्ला अस्पतालमा हाल दिन–रात गरी सरकारी डाक्टर संदिप ओखेडा र निक्साइमन संस्थाका डाक्टर शेर बहादुर साउँद र सोहिता तुलाधरले बिरामीको उपचार गरिरहेका छन । 

मौसम परिवर्तन सँगै जिल्ला अस्पतालमा उपचार गर्न आउँने बिरामीको चाप निकै बढेको तर अस्पतालमा दरबन्दी अनुसारका डाक्टरहरु नहुँदा बिरामीले चेकजाँच गर्न घण्टौ लाइनमा कुर्नुपर्ने अवस्था रहेको छ । 

जिल्ला अस्पतालमा दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामीहरुले सास्ती भोग्नु परेको जयपृथ्वी नगरपालिका ७ को टेकेन्द्र बोहराले बताए । विकट हिमाली जिल्ला बझाङमा राज्यले तत्काल दरबन्दी अनुसारका डाक्टरहरु पठाइ बिरामीको उपचारमा ध्यान दिनुपर्ने उनको भनाइ छ । 

जिल्ला अस्पतालमा डाक्टरको संख्या कमी हुँदा उपचारका लागि टाढा टाढाबाट आएका बिरामीहरुले दिनभर लाइनमा बसेर पनि उपचार पाइरहेका छैनन् । 

घण्टौसम्म लाइनमा बसेर पनि उपचार नपाएपछि बिरामीहरुले निजी औषधि पसलहरुमा उपचार गराउनुपर्ने अवस्था रहेको छ । 

गर्मी बढेपछि जिल्ला अस्पताल बझाङमा दैनिक बिरामी संख्यामा बृद्घि भइरहेको हुँदा डाक्टरहरुको संख्या कमी भएका कारण बिरामीको उपचारमा ढिलो भएको जिल्ला अस्पताल बझाङका डाक्टर संदिप ओखेडाले बताए । तिन वटै डाक्टरहरु दिनरात नभनि बिरामीको उपचारमा खटि राखेका छौ उनले भने एक जना डाक्टरले ८ घण्टा ड्यूटि गर्नु पर्ने बाध्यता छ ।

आफु आएपछि जिल्ला अस्पतालको ल्यापको स्तरउन्नति ,फोहोर मैला व्यवस्थापन,२४ सै घण्टा जिल्ला अस्पतालको फार्मेसी संञ्चालन गरेको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले