माधव बेल्वासे | जेठ १७, कपिलवस्तु | पत्रकारहरुले शिवराज नगरपालिकामा रहेको पर्यटकिय स्थलहरुलाई प्राथमिकता दिनु सुझाव दिएका छन । शिवराज नगरपालिका वडा न ३ ले शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकाहरुले यस्तो सुझाव दिएका हुन । शिवराज नगरपालिका भित्र शिवगढी र सोनवागढ जस्ता ऐतिहासिक स्थलहरु रहेको भन्दै यि स्थलहरुलाई संरक्षण गर्न स्थानिय सरकारले प्राथमिकतामा राख्नुपर्ने वताएका हुन
सामुदायिक रेडियो प्रसारक संघ अकोराव प्रदेश न.५ का उपाध्यक्ष राजु खरालले शिवराज नगरपालिका वडा न.३ मा रहेको सोनवागढ मन्दिरले नगरको पहिचान कायम गर्न सक्ने वताएका छन । यसै वडामा पर्ने उक्त गढलाई पर्यटकहरुले गन्तव्य बनाउन गुरुयोजना निमार्ण गर्नुपर्ने तर्क राखे ।
पर्यटनलाई विकास तथा समृद्ध वडा नगर बनाउन संचार माध्यमहरुको अहम भुमीका हुने भएकाले संचार माध्यमलाई प्रयोग गर्नुपर्ने वताए । स्थानिय नागरिकको पहुचमा रहेको सामुदायिक रेडियोहरुले यस क्षेत्रको विकासको लागी काम गर्नुपर्ने जोड दिदै वडा तथा नगर सग सहकार्य आवश्यक रहेको जनाए ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष दिपक खड्काले वडाले गरेका काम कर्तव्य संचार माध्यम सम्म पर्याउन सुझाव दिए । “सके मासिक नभए त्रैमासिक भएपनि पत्रकाहरुले विकासका काम र योजनाको वारेमा जानकारी दिन आवश्यक छ” खड्काले भने । शिक्षा,स्वास्थ्य,कृषिलाई विशेष जोड दिन समेत खड्काले सुझाव दिए ।
कार्यक्रमलाई शिवराज नगरपालिका वडा न.३ का वडा अध्यक्ष टेकलाल सापकोटाले निर्वाचित भएपछि वडाले गरेको विकासे कामहरुको वारेमा जानकारी दिएका छन । थारु समुदायिको वाहुल्यता रहेको वडामा विभिन्न सिपमुलक तथा रोजगारी सिजर्नाको लागी काम गरेको जनाए । वडालाई समृद्ध बनाउन सुझाव आवश्यक रहेको सापकोटाले वताए । पत्रकारहरुले अन्य ठाउँमा पनि अवलोकन गरेका हुदा अन्य ठाउँको योजनाहरु यस वडामा ल्याउन सुझाव दिनुपर्ने वताए ।