२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

मङ्गलामा कृषि विज्ञान विषयको पठनपाठन शुरु

२०७६, १८ जेष्ठ शनिबार ०५:१५

जेठ १८, म्याग्दी ।  म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मङ्गला माविमा कृषि विज्ञान विषयको पठनपाठन शुरु भएको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक तथा व्यावसायिक विषय अन्तर्गत चालू शैक्षिक सत्रदेखि उक्त विषयको पठनपाठन शुरु गरिएकासो माविमा  कक्षा ९ देखि १२ सम्म पठनपाठन हुने विद्यालयका कार्यक्रम संयोजक हुमनाथ पाण्डेले बताउनुभयो । अठचालिस विद्यार्थीको कोटामध्ये यस वर्ष ४५ जना भर्ना भइसकेका र तीमध्ये२३ छात्रा र २२ छात्र छन् । 

वार्षिक एक हजार पूर्णाकको १०  विषयमध्ये चार वटा सामान्य र छ वटा कृषि विज्ञानसँग सम्बन्धित विषयको पढाइ हुने सहायक प्रशिक्षक सन्दीप केसीले बताउनुभयो । कृषि विज्ञानतर्फ कम्प्युटर एप्लिकेशन, एग्रोनोमी, हर्टीकल्चर, सोयल एक्टेन्सन र पलान्ट प्रोटेक्सन विषयको पढाइ हुने उहाँको भनाइ थियो । 

कृषि क्षेत्रको लागि आवश्यक दक्ष र योग्य जनशक्ति तयार पार्ने तथा स्वरोजगारको अवसर सिर्जना गर्ने सरकारको नीतिअनुसार यस वर्ष बाबियाचौरका साथै रघुगङ्गा गाउँपालिका–२ भगवतीको मुक्तिधाम माविमा कृषि विज्ञान विषयको पठनपाठन शुरु भएको छ । 

देशभित्र तथा विदेशमा रोजगारको अवसर भएको र जागिर नपाए हासिल गरेको शैक्षिक ज्ञानसीपले आफैँ स्वरोजगार बन्ने सम्भावना भएकाले कृषि विज्ञान विषय पढ्न थालेको विद्यार्थीहरूले बताएका छन् । उक्त माविमा यसअघि कक्षा १२ सम्मको पठनपाठन सञ्चालन हुँदै आएको थियो । कृषि विज्ञान विषयको पठनपाठन शुरु भएपछि थप भौतिक पूर्वाधारको व्यवस्थापनका लागि पहल गरिएको प्रअ गमबहादुर खत्रीले बताउनुभयो । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत् चार कोठे भवन निर्माणाधीन छ । यसअघि तत्कालीन शिक्षा कार्यालयको सहयोगमा चार कोठे पक्की भवन निर्माण भएको थियो । पुरानो भवन जीर्ण भएकाले त्यसलाई पुनःनिर्माण गर्न र छात्रावासको लागि भवन निर्माण गर्न लागिएकोे प्रअ केसीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो